साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनको पाटो

"भाइ," मैले अब मजाकको स्वरमा भनेँ, "तँ चाहिँ बाबुको टोपी बेचेर गाईजात्रामा गाई बन्ने कि भैँसी ?" "दाइ… मजाक नगर न ।"

Nepal Telecom ad

लक्ष्मी रिजाल :

“हेलो दाइ !” भाइको मोबाइलमा हतारिएको स्वर आयो, “गाईजात्रा नजिकिँदैछ, पुराना सामान बेच्न मिलाउने नगरपालिकाको क्यापमा बुबाको ह्याट पनि हालिदिउँ ?”

म झस्किएँ, “त्यो त बुबाको सिग्नेचर टोपी हो !”

“तर दाइ,” ऊ जिकिरमा उत्रियो, “अब न त बाबु छन्, न त्यो टोपीको फेसन । गाईजात्रामा ‘विरासतको थुप्रो’ भनेर बेचौं भने दोब्बर मूल्य आउँछ रे !”

मेरो मोबाइल कानमा थियो, तर आँखामा त थुप्रै दृश्य घुमिरहेका थिए- बुबा त्यो टोपी लगाएर गाउँको मेलामा जान्थे, झ्यालबाट हेरिरहन्थ्यौँ हामी । त्यो टोपीको छायाँमा उभिएरै हामी सम्मानित भयौँ । त्यो टोपी लगाउँदा बुबा बुबा लाग्थे, अरूभन्दा फरक लाग्थे ।

“भाइ,” मैले अब मजाकको स्वरमा भनेँ, “तँ चाहिँ बाबुको टोपी बेचेर गाईजात्रामा गाई बन्ने कि भैँसी ?”

“दाइ… मजाक नगर न ।”

“सुन्छस् ?” म अब गम्भीर थिएँ, “बुबाको कमाइ बढाउने सोच राख, बेच्ने होइन । त्यो टोपी पैसा होइन, त्यो टोपी हाम्रो पहिचान हो- सम्मान हो, सम्पत्ति हो !”

फोनको अर्को पाटो चुपचाप भयो । मनको यस पाटो भने उज्यालो भयो ।

०००
२०८२/०४/१५
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी,

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Laxmi Rijal
Laxmi Rijal
1 year ago

धन्यवाद

Nepal Telecom ad
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x