साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाता

जस्तोसुकै अत्याचारी पनि कसरी बचेका छन् भनेर उसले भन्यो भ्रष्ट नेताको दरो छाता चाहिन्छ टर्दोरहेछ सबै समस्या मैले भने सबै समस्या बेहोर्छु तर त्यस्तो छाता ओड्दिन ।

Nepal Telecom ad

विजयध्वज थापा :

सुनेको थिएँ
पानीबाट बच्न ओढ्नुपर्छ छाता
किने मैले
लामो छाता, छोटो छाता,स्प्रिङवाल छाता,
घुम्रे बिँडभएको छाता
पानी पर्यो ओढेँ छानी छानी छाता
हो रहेछ
धेरै बचायो ।

सुनेको थिएँ
घामबाट बच्न पनि ओढ्नु पर्छ छाता
किने मैले बिभिन्न छाताहरू
लामो बिँड भएको छाता ,
छोटो बिँडभएको छाता
र ओढेँ मैले हो रहेछ बचायो मलाई कालो हुन
प्रचण्ड घामबाट।

खेतमा काम गर्दै थिएँ
छाता समाएर जानिएन बिउ छर्न
कसैले सिकाए
किसान बनेपछि घुम ओढ्न पर्छ भनेर
सिकेँ घुम ओढेर काम गर्न

उत्सब आयो
यी कुनैले काम गरेन
झल्लरी छाता चहिंदो रहेछ
ल्याएँ त्यो पनि खोजेर
टर्यो उत्सव रमाइलो सँग ।

स्कुल भर्ना गर्नु पर्यो छोराछोरीलाई
औषधि उपचार गर्नु पर्यो सन्तानलाई
कसैलाई जागिर खुवाउन पर्ने भयो
निर्दोषीलाई मुद्दा लाग्यो
छुटाउन पर्ने भयो
फटाहाले दोष लगायो, पुलिसले समायो
छुटाउन पर्ने भयो
जताततै सङ्कट भयो
त्यही साथीले भन्यो , यसलाई पनि टार्न सकिन्छ रे
दरो छाता ओढेर ।

सोधेँ मैले कुन छाता ! लाामो बिँड भएको कि अर्कै
उस्ले हाँस्दै भन्यो
अर्कै छाता त्यस्ले जस्तो सङ्कट पनि समाधान गर्छ

भ्रष्टाचार गरे पनि छोपिदिन्छ
बलात्कार गरे पनि लुकाइदिन्छ
हत्या हिंसा जे गरे पनि मिलाईदिन्छ
निर्दोषलाई जेलहाल्छ ,दोषीलाई छुटाई दिन्छ
छिट्टै मालामाल बनाइदिन्छ
मैले बुझ्न खोजेँ
जस्तोसुकै अत्याचारी पनि कसरी बचेका छन् भनेर
उसले भन्यो भ्रष्ट नेताको दरो छाता चाहिन्छ
टर्दोरहेछ सबै समस्या
मैले भने सबै समस्या बेहोर्छु
तर त्यस्तो छाता ओड्दिन ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुख्याँचा

बुख्याँचा

विजयध्वज थापा
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x