साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै उस्तै उस्तै

देशको साँचो सुम्पेर विदेशीको तलुवा चाट्ने उस्तै चरित्र यिनको सबैले देख्छन् भ्वाङ परेको भाङ्ग्रो जस्तै कति सोझा छन् हेर्नुस् त नदी किनारको बकुल्ला जस्तै यी पनि उस्तै... ।

Nepal Telecom ad

विजयध्वज थापा :

यी पनि उस्तै ती पनि उस्तै
सबै उस्तै उस्तै
उपियाँ हो या उडुस जस्तै,
जनताको रगत चुस्ने उस्तै
राजनीतिमा रुन्चे उस्तै,
घुस खान अजिङ्गर जस्तै
जो पनि कराउँछन् सारुङ जस्तै
संसद भन्छन् सडक जस्तै
यी पनि उस्तै…

डढुवा लागेको बाली जस्तै,
खिया परेको फाली जस्तै
जति जोते पनि बाँझो उस्तै,
स्वार्थमा चुच्चो मिलाउने उस्तै
फूल हुँ भन्छन्, तर काँडा जस्तै
रूखबाट खसेको बाँदर जस्तै,
डामेर छोडेको साँढे जस्तै
जाल बुन्छन माकुरा जस्तै,
हुत्तीहारा मर्द जस्तै
पद खोस्न हुँडार जस्तै,
यी पनि उस्तै…

भीरबाट गुडेको चिन्डो जस्तै,
अप्ठेरोको कुबिण्डो जस्तै,
पंचर भएको टायर जस्तै,
उरन्ठेउला सायर जस्तै,
कहिले फुट्ने, कहिले जुट्ने,
कुर्सी पाउन मर्ने उस्तै

देशको साँचो सुम्पेर
विदेशीको तलुवा चाट्ने उस्तै
चरित्र यिनको सबैले देख्छन्
भ्वाङ परेको भाङ्ग्रो जस्तै
कति सोझा छन् हेर्नुस् त
नदी किनारको बकुल्ला जस्तै
यी पनि उस्तै… ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छाता

छाता

विजयध्वज थापा
बुख्याँचा

बुख्याँचा

विजयध्वज थापा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x