साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोचक गीत

अमेरिका अष्ट्रेलिया दिमाग निर्यात भए बल पाखुरा ऋण काढी खाडीतिर गए। मलामी र जन्ती घटे छैनन् गाउँमा कोही गोठै रित्तो भएपछि केको दही मही।

Nepal Telecom ad

अमर अधिकारी :

उद्योग डुबे पार घट्यो देशै फस्यो जालमा
वाक्क भए जनताहरु परे रिसको चालमा।

विप्रेषण र पर्यटनले धानिराछ देश
देश बन्ला भन्दाभन्दै फुलिसक्यो केश।

खेतबारी बाँझै छाडि विदेशतिर जान्छन्
काम गर्न गाह्रो हुन्छ अनि हण्डर खान्छन्।

मकै कोदो फापर पनि विदेशबाट आउँछन्
जनताले देश डुब्यो भन्दै गीत गाउँछन्।

चोर डाँका माफियाले सजाय माफी पाउने
सोझा र इमान्दारले अदालत धाउने।

पाउडर दूध आयात हुन्छ घोल्दा सेतो हुन्छ
घिउ तेलको महंगीले आकाश नै छुन्छ।

अमेरिका अष्ट्रेलिया दिमाग निर्यात भए
बल पाखुरा ऋण काढी खाडीतिर गए।

मलामी र जन्ती घटे छैनन् गाउँमा कोही
गोठै रित्तो भएपछि केको दही मही।

बजार सबै ढाकिसक्यो चीनतिरका चिजले
कुन दिनदेखि माया मार्छ तिहार र तीजले।

हलो जुवा बिर्सिसके गोरु पाल्न छाडे
दूध खान नपाएसि कराइरहन्छ ढाडे।

०००
खुंग्री, रोल्पा। हाल: बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x