साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केटाकेटी, गुडिया र देश

बृद्धाश्रम जस्तो भइसक्यो गाउँ अब तपाईं कुन जनतामाथि गर्नुहुन्छ शासन र कसरी चलाउनुहुन्छ देश ? प्रधानमन्त्रीज्यू ! यदि चलाउन सक्नहुन्न भने देश आउनुस् तपाईं भाँडाकुटी खेल्नुस् हामी चलाउँछौं देश ।

Nepal Telecom ad

असिम सागर :

बनाएर छिमेकी बहिनीलाई श्रीमती
बनेर आफू श्रीमान
मानेर गुडियालाई आफ्ना छोराछोरी
बनाएर गोलो चेप्टो ढुंगालाई पकाउने भाँडो
पस्केर केराका पातमा माटोको भात
गर्दै मेलाबाट थाकेर फर्किएका बाको अभिनय
खुब भाँडाकुटी खेल्थ्यौँ हामी
ठिक त्यसैगरी
एकदिन खेल्ने बहानामा छोराले
घरलाई बनायो देश
मलाई बनायो प्रधानमन्त्री
आमालाई बनायो राष्ट्रपति
दाइलाई बनायो विदेशमन्त्री
दिदीलाई बनायो मुख्यमन्त्री
र आफू बनेर विपक्षी दलको नेता
सोध्यो मलाई प्रश्न
सम्माननीय प्रधानमन्त्रीज्यू !
यसरी आफू अनुकूल बनाएर सरकार
आफूखुसी चलाएर शासन
तपाईं घर बनाउनुहुन्छ कि देश ?

अनि
घरमा भएका थुप्रै गुडियामध्ये
एउटा गुडियालाई बनायो बेरोजगार युवा
अर्को गुडियालाई बनायो भोको मजदुर
अर्को गुडियालाई बनायो गरिब किसान
र यी सबैलाई समेटेर
केही गुडियालाई बनायो जुलुस
गर्यो आमसभा
र फेरि सोध्यो मलाई प्रश्न
सम्माननीय प्रधानमन्त्रीज्यू !
लगाएर प्रत्येक साग र सुन्तलाको बोटमा कर
चुसेर यी निमुखा जनताको पसिना
तपाईं शासन गर्नुहुन्छ कि शोषण ?

र फेरि
बनायो खेल्दै गरेको बरन्डालाई आर्यघाट
बनायो केही गुडियालाई बा-आमाको लास
बनायो बाँकी गुडियालाई टुहुरा केटाकेटी
र जलाउन पालो पर्खिरहेका मलामी
अनि आफूचाहिँ
बा–आमाको अन्तिम मुख देख्न नपाएर
प्रवासमा बसेको विक्षिप्त छोरोको अभिनय गर्दै
फेरि सोध्यो मलाई प्रश्न
सम्माननीय प्रधानमन्त्रीज्यू !
सक्षम युवाहरू सब पलायन भइसके
बृद्धाश्रम जस्तो भइसक्यो गाउँ
अब तपाईं कुन जनतामाथि गर्नुहुन्छ शासन
र कसरी चलाउनुहुन्छ देश ?

प्रधानमन्त्रीज्यू !
यदि चलाउन सक्नहुन्न भने देश
आउनुस् तपाईं भाँडाकुटी खेल्नुस्
हामी चलाउँछौं देश ।

०००
लगनखेल, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाज

लाज

असिम सागर
शोकगीत

शोकगीत

असिम सागर
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x