साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शोकगीत

त्यही कसिङ्गरमा थियो स्कुले नानीका च्यातिएका कापीका पानाहरू मलाई साह्रै दुःख लाग्यो कसैले नदेख्ने गरि म बेस्सरी रोएँ किनभने त्यसमा देशको नक्शा थियो ।

Nepal Telecom ad

असिम सागर :

एक्कासि
सगरमाथा हुँदै आएको तुफानले
मेरो घरको छानो उडायो
मलाई कुनै दु:ख लागेन
एउटै हाँगामा सँगै थियौँ
काँडा र फूल
त्यो फूल काहाँ पुर्‍यायो
मलाई कुनै दु:ख लागेन
आफू भोकभोकै बसेर
जोगाएको थिएँ अनिकालमा बीउ
बाली सखाप बनायो
मलाई कुनै दुःख लागेन
भुमरी बनेर उड्दै आयो
सडकमा धूलो
चङ्गा झैँ माथि माथि उड्दै गए
झरेका फूल पात र कसिङ्गरहरू
त्यही कसिङ्गरमा थियो
स्कुले नानीका च्यातिएका कापीका पानाहरू
मलाई साह्रै दुःख लाग्यो
कसैले नदेख्ने गरि म बेस्सरी रोएँ
किनभने त्यसमा
देशको नक्शा थियो ।

०००
“क” कविता सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x