साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज

जब काल्पनिक ईश्वर खोज्दै मन्दिर धाउँछ मभित्र ईश्वर छ भन्न लाज लाग्छ तराजुले आफ्ना दुवै हत्केलामा राखेर जब कुकुर र मान्छेको टाउकोलाई बराबर जोख्छ मलाई मान्छे हुँ भन्न लाज लाग्छ ।

Nepal Telecom ad

असिम सागर :

जंगलमा
सयौं थरिका रुखपातहरु
जब मिलेर सँगसँगै उभिएको देख्छु
मसँग विवेक छ भन्न लाज लाग्छ
नदीले
सम्पुर्ण पशु प्राणीलाई
जब आफ्नो ठानेर तिर्खा मेटाउँदै हिँड्छ
मसँग करुणा छ भन्न लाज लाग्छ
बाटोले
शरीरको भार सहेर
जब चप्पल र जुत्ता दुवैलाई बराबर टेक्न दिन्छ
मसँग मानवता छ भन्न लाज लाग्छ
मान्छेले
जमिनमा छरेको
जब बीउ र माटोको प्रेम बुझ्दैन
मभित्र प्रेम छ भन्न लाज लाग्छ
मान्छेले
साक्षात ईश्वर बाआमालाई बृद्धाश्रम पठाएर
जब काल्पनिक ईश्वर खोज्दै मन्दिर धाउँछ
मभित्र ईश्वर छ भन्न लाज लाग्छ
तराजुले
आफ्ना दुवै हत्केलामा राखेर
जब कुकुर र मान्छेको टाउकोलाई बराबर जोख्छ
मलाई मान्छे हुँ भन्न लाज लाग्छ ।

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x