साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्यास्ट्रिक बिग्रियो

बरू आँखाले फुर्ति लगाउन मिल्दो हो किनकी चस्मा छ नि त । जिब्रो अनि मनमा के छ ? ल है जिब्रो र मन के छ कुरो भन है भन्यो मन फिटिक्कै मान्ने होइन ! अलिक त ग्यास्ट्रिक बिग्रिनुमा यो मनको नै भूमिका हुनुपर्छ ।

Nepal Telecom ad

अशोककुमार सिवा :

कालको एक काल बुढेसकाल । बुढेसकाललाई बुढेस मात्रै नभनेर किन काल पनि जोडेको होला भन्ठान्ने गर्थेँ म । नमरी स्वर्ग देखिँदैन भन्थे हो रहेछ अहिले आफू बुढो भईयो अब कालको खास कुरो बुझ्न थालियो । बुढो हुनु समग्रमा काल नै रहेछ ।

कपाल पाक्ने, शरीर थाक्ने, अल्छि लाग्ने अझैँ अरु के के हो के के गाह्रो रहेछ यो काल । यो काल अनिकालकै सन्तान हो कि जस्तो पनि लाग्छ । अनिकालमा अन्नपानी केही सहज पाइन्न रे, यो बुढेसकालमा अन्नपानी भइकन पनि सहज सँग खान सकिन्न ! त्यसैले यो काल अनिकालकै सन्तान हो भनेर भन्ने आँट आउँदैछ मलाई ।

उमेरमा जे खाए पनि पचाइन्थ्यो । उमेरमा ढुङ्गोमाटो पनि पचाइन्छ भन्ने उखानै पनि छ क्यार । बुढेसकालमा सबैभन्दा नरम त्यो घ्यु हो नि त्यो पनि पचाउन सकिँदैन अनि के काम लागिन्छ र खै ? घ्यु जस्तो नरम त पचाउन नसके पछि साह्रोको त पसारो नै लाग्ने भयो नि । फेरी यो बुढो मन जे देख्यो लोभ्भिई हाल्छ । बुढो मनलाई आँखाले ठम्याउन नसकिनसकी लोभिन मद्दत् गरेको विचार गर्दा आखासँग पनि रिस रिस उठेर आउँछ ।

बुढेसकालको पेट फेरी अर्को आपद । खानेकुराको मिठासे जिब्रोले गर्दा च्वास्स मीठो खान मनलाग्छ, खायो सातो भाग्छ । पेट ढुस्स, हुस्स अनि फुस्स फुस्स के के हो के के ? यस्तो अवस्थालाई ग्यास्ट्रिक भन्दारहेछन् । न चिल्लो पच्छ न पिरो मन भने सधैँ हुन खोज्छ हिरो पर्‍या बेलामा जिरो । हाम गर्न मन लाग्ने काम गर्न फिटिक्कै जाँगर नलाग्ने । आँखा, जिब्रो अनि मन एकपक्षीय जबरजस्ती छन् । केही गरे मान्दैनन् न राम्रो हेर्न छोड्छ आँखाले न स्वाद छोड्छ जिब्रोले न हिरो बन्न छोड्छ मन ।

हिजोआज ग्यास्ट्रिकले सताएर जतिखेर पनि पेटमा नै हात हुने गरेको छ । बटारिएर दुख्छ हातले पेट थिच्नै पर्‍यो । खानामा अलिकति पिरो पर्नु हुन्न पेट बटारीहाल्छ । अब त यतिसम्म हुन लाग्यो कि कसैले तरकारी पकाउन खोर्सानी झान्यो भने पनि पेट पोल्न थाल्छ ।

घरमा पकाइबनाई खादा त आफूलाई हुने हुने बनाएर खाइन्छ तर कतै पाहुना लाग्न जानु पर्‍यो कतै भोजपार्टी गई खानुपर्‍यो भने कुनैकुनै बेला लगतै त कुनैबेला भोलिपल्ट आन्द्रा पोल्न थालिहाल्छ । पोल्न पनि एकछिन पोले त हुने नि पुरा आन्द्र प्रदेशै ग्यासको कब्जामा पर्छ । अझ अप्ठारो त ग्याँसको बहिर्गमन प्रेसरले हुन्छ । ठाउँकुठाउँ प्रेसर गर्न थाल्न कुनै बेला त लाजमर्नु नै पार्छ ।

निष्कर्ष ग्यास्ट्रिक बिग्रिएकोमा पुगेको छ । अब आँखा, जिब्रो र मनले समेत आफ्नो निदलाई छोडेर बुढेसकाललाई आत्मसात गर्नु सक्नुपर्छ । बरू आँखाले फुर्ति लगाउन मिल्दो हो किनकी चस्मा छ नि त । जिब्रो अनि मनमा के छ ? ल है जिब्रो र मन के छ कुरो भन है भन्यो मन फिटिक्कै मान्ने होइन ! अलिक त ग्यास्ट्रिक बिग्रिनुमा यो मनको नै भुमिका हुनुपर्छ । मनलाई भन्यो जिब्रोलाई देखाउँछ ।

उसै त बुढेसकाल त्यसमा पनि बिग्रिएको ग्सास्ट्रिकले अर्को काल थपिएको छ । कसरी व्यवस्थापन गर्ने होला ?

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x