साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के गर्न बाँकी छ ?

देश बनाउछु भनेर हेर्नुस् त पार्टी पार्टीबिच हात हालाहाल छ नुनभन्दा यहाँ धेरै सुन आउछ तर थाह छैन यो कसले लाउछ के छ गर्न बाँकी ? सब पूरा छ भन्नुस् तपाईंतिर गर्न बाँकी कै कुरा छ ?

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

घर घरमा ग्यास आयो रेल आयो
ग्यास भन्दा सस्तो तेल आयो
यो गर्ने त्यो गर्ने भन्ने खेल आयो
खेलै खेलको झेल आयो
भन्नुस् अब के ल्याउन बाँकी छ
सबै कुरा आइसक्यो यहाँ
न पत्याए सोध्नुस् न काङ्ग्रेस एमाले साँछी छ ।

किसानलाई बीउ मल पेलमपेल आयो
गरिबलाई राहत ठेलमठेल आयो
सबलाई सुती सुती खाने सेल आयो
तर थाह छैन यो कल्ले खायो
घर घरमा पाउडर छर्ने पिच रोड आयो
उड्ने जाहाज नभए पनि गुड्ने पानीजहाज आयो
खेलकुदमा कयौ स्वणर्कप आयो
भन्नु होला यो सब गफ लायो
यहाँ अब के आउन बाँकी छ ?
न पत्याए सोध्नुस् न एमाले मावोवादी साँछी छ ।

विदेश गएर भए पनि रोजगारी आयो
रोजगारीले रेमिट्यान्स आयो
त्यो रेमिट्यान्स फेरि नेताले विदेश पठायो
महान घुसखोर आयो
ठुलठुला कमिसनखोर आयो
हाम्रो देश तस्कर अपहरणको हव भयो
भन्नु होला यो सब गफ भयो
सोध्नुस् नपत्याए काङ्ग्ेस एमाले मावोवादीलाई
तीस तीस वर्षदेखि साँछी छन्
के चाहिन्छ तपाइलाई ?
अरु ल्याउन ती सब राजी छन् ।

देशै कृषि प्रधान देश भएपछि
धान मकै गहुँ यहाँ फालाफाल छ
दाल तेल बेचेर देश मालामाल छ
देश बनाउछु भनेर हेर्नुस् त
पार्टी पार्टीबिच हात हालाहाल छ
नुनभन्दा यहाँ धेरै सुन आउछ
तर थाह छैन यो कसले लाउछ
के छ गर्न बाँकी ? सब पूरा छ
भन्नुस् तपाईंतिर गर्न बाँकी कै कुरा छ ?
न पत्याए एलामे काङ्ग्रेस मावोवादीलाई सोध्नुस्
छैन भने जो साँछी छ
तिनलाई एक एक गरेर गोद्नुस् ।

०००

घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x