प्रेम ओली ढकलपुरेरोपाइँ
खै, अहिले त मन्त्रीहरू केटाकेटी पो छन् कि ? खेततिर पनि आउँदैनन् गीत पनि गाउँदैनन्, बच्चैमा बधिया भयाको भाले झै खेततिर मायापिरम नि लगाउँदैनन्।

प्रेम वली ढकलपुरे :
रोपाइँ त पहिलेको पो रोपाइँ,
अहिलेको त के रोपाइँ !
त्यो बेला त दिउँसै हुन्थ्यो चोपाइँ।
पहिले रोपाइँ गर्न
ठूला–ठूला नेता आउँथे,
ठूला–ठूला मन्त्री आउँथे।
मोजा फुकाल्थे,
जुत्ता फुकाल्थे
रोपारहरूलाई त
जुरुक्क उचाल्थे।
राँगोझैँ कुद्थे,
पाडा–पाडीझैँ जुत्थे।
ओहो ! रोपाइँ त त्यस्तो पो
खै, अहिले त मन्त्रीहरू केटाकेटी पो छन् कि ?
खेततिर पनि आउँदैनन्
गीत पनि गाउँदैनन्,
बच्चैमा बधिया भयाको भाले झै
खेततिर मायापिरम नि लगाउँदैनन्।
रोपाइँ त हाम्रै पालाको राम्रो
अहिले त कोही कौसीमा रोप्ने,
कोही बाटोमा खोप्ने
न हली पाउँछ, न बिउ पाउँछ
मल पनि धान रोपेपछि आउँछ
यस्तो रोपाइँले के भात खुवाउँछ ?
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest


































