साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा बा

आज मैले बाले भन्दा धेर संसार देख्न पा छु बाले भन्दा धेरै नयाँ नयाँ कुरा भोग्न पाछु धन्य छु बा जहाँ भने पनि सधैं सम्झनामा आइेरहन्छन मेरा बा यो हृदयमा छाइरहनेछन मेरा बा ।

Nepal Telecom ad

प्रेम वली ढकलपुरे :

अहिले जस्तो एउटा दुइटाको बा हो र ?
दर्जनौ भङ्ट्याङ भुन्टुङका मेरा बा
अहिले दर्जनौ बनाउन कसको आट ?
त्यस्तो आटिला मेरा बा ।
ती दर्जनौ छोराछोरी हुर्काउन
गोरु झै जोतिए पनि
गधा जस्तो लादिए पनि
कहिले बाँ गरेनन मेरा बा
जति श्रीसम्पती जोडे पनि
कहिलै हुक्काँ गरेन मेर बा
दुःख गरेर पनि सन्तानको लागि
कोही भन्दा पछि परेन मेरा बा
अरु जस्तो सन्तान छोडेर
कहिले हराएनन मेरा बा
छेमिको काक्रा चोर्दा होस कि आँप चोर्दा होस
मलाई खासै कराएन मेरा बा
कोही थर्काउन आए पनि डराएन मेरा बा
चाड पर्व सधैं नयाँ नाना ल्याइ दिने बा
दशै तिहारमा मिठो खाना ल्याइ दिने बा
आज स्वर्ग बासी भए पछि खै काँ छन काँ
तर यो हृदयमा सधै छाछन मेरा बा ।
कतिका मामा थिए बा
कतिका काका थिए बा
मेरा त सधै बा नै थिए बा
कतिका ससुरा थिए मा
कतिका हजुरबा भए बा
कसैका पति थिए बा
मेरा त भनबान जतिकै बा ।
आज मैले बाले भन्दा धेर संसार देख्न पा छु
बाले भन्दा धेरै नयाँ नयाँ कुरा भोग्न पाछु
धन्य छु बा
जहाँ भने पनि
सधैं सम्झनामा आइेरहन्छन मेरा बा
यो हृदयमा छाइरहनेछन मेरा बा ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x