साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाग पञ्चमी

कहिले प्रजातन्त्रको बाजा बजाउँदै आउँछ नाग कहिले लोकतन्त्र धुन बजाउँदै आउँछ नाग कहिले गन्तन्त्रको बिन बजाउँदै आउँछ नाग होस गरेस् है

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

हेल्लो भैरे
आज नाग पञ्चमी
तर पूजा गर्छस् कुन चाहिँ नाग
अहिले त
यता पनि नाग, उता पनि नाग
वडा देखि केन्द्रसम्म नाग
नागले पालैपलो जनता डस्न लागेका छन् भाग ।

कसैले जनता डसेका छन् कसैले देश डसेका छन्
डस्न नपाउनेहरु फणा उठाउदै डस्न बसेका छन्
अझ सुनिन्छ हिजोआज
देश डस्न नयाँ नयाँ नाग देशमा पसेका छन् ।

हेल्लो भैरे
पूजा गर्ने लागेको कुन चाहिँ हो नाग ?
बासुकी नाग हो कि बासुदेवले मारेको नाग ?
होस् गरेस् है फेरि डस्लान्
पाइलै पिच्छे बसेका छन् कोब्रा करेत नाग
कहिले प्रजातन्त्रको बाजा बजाउँदै आउँछ नाग
कहिले लोकतन्त्र धुन बजाउँदै आउँछ नाग
कहिले गन्तन्त्रको बिन बजाउँदै आउँछ नाग
होस गरेस् है
फेरि नयाँ बाजा बजाउँदै आउन सक्छ नाग
सुगुर जस्तो सुत्ने हैन चिल झैं जाग
राम्रोसँग चिन्नु पर्छ भैरे कुन हो बासुकी
कुन गोमन कुन बासुकी नाग
बासुकी भए पूजा गर्नु, कालीया भए भाग
सक्छस् आफै मार, सक्दैनस् भने बासुदेवलाई डाक ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x