साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँडफार चिया पसले मने

’हो हो भो मलाई सुनाउन पर्दैन है खुट्टी देख्दैमा चाल पाएँ । ’बडो फुईं नगर।’ बिना पखेंटा उडेको था छैन भनेर मुसुरीले भन्दै गरेको बाहिरै सुनियाथ्यो भन्थे पल्लो घर छिमेकीहरू।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

मने गाउँमा चिया पसले र गाउँले व्यापारी साहु पनि हो।अरूसँग सल्लाह लिए झैं कुरा सोध्ने अनि सुनि सकेपछि यो मुला म भन्दा जान्नी हैन रच भन्ठान्ने । अनि आफैं मपाईं म भन्दा जान्ने कुनै मुला पनि रैनछन् भन्ने सोचेर ‘मने तँ आफैं सबै थोक होस् कतै कुनै पाजीलाई काजी नमान बुझिस् भनेर आफ्नै नाकमा चोर औलो राख्ने। तँ तैँ होस् बुझिस्’ भन्ने आफूले आफैंले यो मनेको दैनिकी जस्तै हो। बिसौं वर्षदेखि काँठको चिया पसल गाउँले खुद्रा पसल ऊस्ताको ऊस्तै देखिन्छ । ऊ भन्छ आज त चिया मात्रै सय कप गो। हो बा हैन तर दैनिकी अलि अलि अंक फरक पारेर ऊ डंका पिटी हाल्छ। ग्राहकसँग गफिनु त उस्को नियमितता जस्तै हो।

आज ग्राहक पातलो भा दिन मनु दाइ ! यसो गफाऊनुस्न त सुनौं हरिक्रिष्णेले भन्यो। ए हो ? हेर केटा हो यस्तो पनि हुने रैच मलाई फेर दुई पटक बाँच्न मन लागेन बुझ्यौ ?कस्लाई रे दाइ ? कृष्णेले भन्यो। मनेले नाक माथि चोर औंला राखेर भन्यो- मैलाई बुझिस् मैलाई । बाँच्न मन लागेन। मर्न पर्याे भनेर घरमा कसैलाई केही पनि नभनी किन हातमा डोरी लिएर तलतिर झरेको ? पहिले बिरालाले बाटो काट्यो। हेरभाइ हो त्यो पनि कालो बिरालो धत् भनेर एकछिन् रोकिएर सोचें। अनि झसङ्ग भएँ धत् म के भा होला ? म मर्न आको मान्छे के साईत चाहियो र ? भनी र आफैलाई ईस् ! भनेर लोप्र्याईं र खुरू खुरू अगाडि गाथें, यत्रो लम्ब बाटोमै तेर्सीरा रछ झण्डै कुल्चेको।

झसक्क झस्केर पछि हटेर यसो हेर्छु त मरिसकेको सर्प पो रैछ। फेरि पनि भने आफैंलाई ईश् ! अनि गएर डिलको रूखमा डोरी बाँधेर घाँटीमा अङ्कुशे लाउँदैथें झलक्क सम्झें। त्यो पल्ला घरे साईलालाई ११०० द्या छु त कसैलाई पनि नभनी आएछु, ओहो यो त भएन। म मरेपछि देला नदेला यसरी हुँदैन । हिसाब त घरमा सुनाउनै पर्छ भनेर फरक्क फर्केर घर आएँ। अई ढकाल छोरी यता आईज ’हैन सुनिनस् कि क्या हो ? ’किन ? किन ?’ ह्यॅा सुन मैले त्यो पल्ला घरे साईलालाई ११०० द्या छ नि बुझिस् ? या के के न भन्न लागे भनेको त तेही पो रछ । मेरै अगाडि मेरो आइमाईको पेवा हो ब्याज एक पैसा बढि लाग्छ भनेर द्या हैन?” ए हो त नि हगि लक्खा म त बिर्सेर फर्केर आईछु नि।

हैन कहाँ गा थ्यौर घर गौंडे ? धेरै नबोल है काँठेको छोरी। ओहो आफू त शहरीया सदरीया हौला वल्लो काँठाँ बसेर। ल ल भो नकरा।तिमीनै कराऊ कि बोल काम नपा मान्छे। काम गर्न त तैंले दिन पर्याे  नि। दिन नि गर्न पर्याे नि भन्या। नगरे कल्ले गर्या छ त। तेति मुख पनि नभा भए तिमीलाई त कागले झुन्डाएर पैरेनीको डिलको रूखमा पुर्याउँथ्याे भन्दै घर भित्र गई। अनि त म त खङ्ग्रङ्ग  भएँ। ए दाइ किन नि ? जुन रूखमा मैले डोरी लाको तेही पो भन्छे । पछि पछि गाको रैछे क्यारे भनेर नि। धत् बाँडफार मने भनेर बिहारे घरका ठूल्दाईले भने। सबै हलल हाँसे। मनेले चिया गिलासमा राख्यो, फेरि अरू दुईजनालाई दियो, थपक्क पिर्कामा बसेर फेरि भट्याउँन थाल्यो। धरोधर्म सत्यसत्य साँच्चै भन्छु सुन त, ए मेरा भाइ हो सुन त।

सुन्यौ हैन ? ल हेर त केटा हो मर्न पर्याे भनेर जाँदा नि भएन। मर्न भनेर मर्न पनि ११०० को हिसाबले दिएन, ई ऐलेसम्म जिउँदै छु यी हेर त भनेर नाकको डाँडीमा चोरऔलाँ राखेर देखायो। तेरो नाम र गुण कस्तो मिलेको मने ? भन्दै गाउँले घरघर गए। ऊ नि मक्ख परेर मुसे जुगामा हात लाउँदै भित्र पसेर स्वास्नीलाई भन्यो देखिस् त सुनिस् होला नि तेरो लोग्नेको चर्तिकला करामत भनेर धाक दिन थाल्यो। ’हो हो भो मलाई सुनाउन पर्दैन है खुट्टी देख्दैमा चाल पाएँ । ’बडो फुईं नगर।’ बिना पखेंटा उडेको था छैन भनेर मुसुरीले भन्दै गरेको बाहिरै सुनियाथ्यो भन्थे पल्लो घर छिमेकीहरू।

०००
हाल : क्यालिफाेर्निया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x