साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौली गीत

पाङ्दुरकाे नाभाे खेती धेरै गरियो मरु भूमिभित्र काेदाे धेरै छरियो दिमागको डाइबरले उल्टाे हाँकेछ मेरा लागि धेरैतिर बेल पाकेछ बेल पाकेछ राजै बेल पाकेछ मेरा लागि धेरैतिर बेल पाकेछ ।।

Nepal Telecom ad

हाेम सुवेदी :

लेख्ने पढ्ने बानी पर्‍यो मैले के गर्ने
पाखातिर छिटै मास मैले के छर्ने
साहित्यले मलाई खाल्टो मुनि जाकेछ
मेरा लागि धेरैतिर बेल पाकेछ ।।

लेखी लेखी काेही काला साहू भएछन्
सत्तालाई पल्टाउन सक्ने रहेछन्
अर्कातिर ताक्छु भन्थेँ यतै ताकेछ
मेरा लागि धेरैतिर बेल पाकेछ ।।

बाँदरले नरिवल पाई के गर्छ
उसले दौरा सुरुवाल लाई के गर्छ
लेख्ता लेख्तै मेराे दिमाग सारै थाकेछ
मेरा लागि धेरैतिर बेल पाकेछ ।।

पाङ्दुरकाे नाभाे खेती धेरै गरियो
मरु भूमिभित्र काेदाे धेरै छरियो
दिमागको डाइबरले उल्टाे हाँकेछ
मेरा लागि धेरैतिर बेल पाकेछ

बेल पाकेछ राजै बेल पाकेछ
मेरा लागि धेरैतिर बेल पाकेछ ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x