साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरुबारीमा ‘आख्यान मञ्जिरा’कार्यक्रम अन्तर्गत चौथो विमर्श गोष्ठी सम्पन्न

पर्वतीय यात्रा साहित्यमा कलम चलाउने सर्जक विष्णुप्रसाद शर्मा पराजुलीको कथा सङ्ग्रह "हिमलुङमा पलाएको माया" माथि विमर्श भएको हाे।

Nepal Telecom ad

काठमाडाैं । रमेश विकल साहित्य प्रतिष्ठान, गोकर्णेश्वर, आरुबारीमा ‘आख्यान मञ्जिरा’कार्यक्रम अन्तर्गत चौथो विमर्श गोष्ठी सम्पन्न भएको छ।

कथायात्रा समूहको आयोजना तथा रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा भएको यस शृङ्खलामा पर्वतीय यात्रा साहित्यमा कलम चलाउने सर्जक विष्णुप्रसाद शर्मा पराजुलीको कथा सङ्ग्रह “हिमलुङमा पलाएको माया” माथि विमर्श भएको थियो।

विमर्शमा कथायात्रा समूहका विश्व कुइँकेल, डा. पवित्रा अधिकारी, दीपक लोहनी र प्रमोद प्याकुरेलले अलग अलग चार वटा कथामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए भने रुपा रिषालले कृतिमाथिको समग्र टिप्पणी गर्दै उच्च हिमाली जीवनको चित्रण गाँसेर बुनिएका कथाले फरक स्वाद पस्केको बताउनु भयो।

अन्य वक्ता तथा विमर्शकारमा डा टीकाराम पोख्रेल, माधव लोहनी, खेमराज शर्मा, ध्रुव थापा पुरुष, इ. धर्मराज पौडेल, रामप्रसाद पौडेल, रेशु गौतामाचार्य, आलोक चालिसे हुनुहुन्थ्यो।

दीपक लोहनीको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा महेन्द्र चालिसेको स्वागत मन्तव्य रहेको थियो। लेखक पराजुलीले आफ्नो मन्तव्यका क्रममा बौद्धिक विमर्श, सिर्जनात्मक सुझाव र गुणात्मक उपस्थितिले आगामी लेखनमा ऊर्जा थपिने विचार व्यक्त गर्नुभयो।

वि.सं २०७७ देखि ०८२ बिचमा लेखिएका २१ कथा मद्ये कथा यात्रा समूहका ७ कथाकारहरूले एक एक वटा कथामाथि लिखित समीक्षा गरेर प्रकाशित पुस्तिका, कथा यात्रा समूहले लेखकलाई र रमेश विकल साहित्य प्रतिष्ठान पुस्तकालयलाई हस्तान्तरण गर्दै कार्यक्रम समापन गरिएको थियो।

नेपाली साहित्यको कथा विधामाथि सघन समीक्षात्मक बहस र विमर्श गर्ने एउटा विशिष्ट साहित्यिक अभियानको रूपमा गत वर्षको फागुनबाट कीर्तिशेष कथाकार रमेश विकल र उहाँका तीन पुस्ताको संयुक्त कथा सङ्ग्रह “चार पुस्ताका कथा” बाट यस कार्यक्रमको शुरुवात भएको थियो।

०००
समाचार श्राेत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x