साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुख्याँचा

बालीनाली कुरेर बस्छ उद्योगधन्दा मास्दैन तस्करसँग मिलेर सुन तस्कर गर्दैन आफ्नै दाजुभाइलाई सरणार्थी बनाई बेच्दैन नैतिकता बेचेर धर्म परिवर्तन गराउँदै हिँड्दैन तिमीभन्दा त्यो बुख्याँचा मलाई धेरै जाती लाग्छ ।

Nepal Telecom ad

विजयध्वज थापा :

तिमी भन्दा त्यो बुख्याचा मलाई धेरै जाती लाग्छ
ठिङ्ग उभिएको छ कतै चकचक गर्दैन
चुपचाप बसेकोे छ झुटो भाषण गर्दैन
हात खुट्टा मकिए पनि बैंकक् सिंगापुर जाँदैन
तिमी भन्दा …….

कमिशन ऊ माग्दैन, भ्रष्टाचार ऊ गर्दैन
संगठन बनाउछु भन्दैन पार्टी ऊ खोल्दैन
नदीनाला, बन जङ्गल, देशको माटो बेच्दैन
जाल झेल छल कपट ऊ केही गर्दैन
तिमी भन्दा ……

घामपानी सहेरै बस्छ विदेशीको छाता ओड्दैन
बाली नाली कुरेरै बस्छ सरकारी जग्गा मिच्दैन
साँढेलाई धपाई बस्छ झोला बोकी हिंड्दै न
इस्टमित्र,साथी भाइको खोइरो ऊ खन्दैन
तिमी भन्दा …..

सुद्ध हावामा रमाउछ घुस माग्ने गर्दैन
आफ्ना चेली बेटीलाई विदेश लगी बेच्दैन
जे दियो सोही ओड्छ झण्डा चाहियो भन्दैन
सिधा उभिएरै बस्छ पछाडि छुरा मार्दैन
तिमी भन्दा त्यो बुख्याँचा मलाई धेरै जाती लाग्छ ।

कुर्सी उठाएर हान्दैन संसद अवरुद्ध पार्दैन
बाग्मती दुर्गन्धित भए पनि होलीवाइन खादैन
संबिधान उ फेर्दैन जालझेल जान्दैन
हुरी बतास सहेरै बस्छ नौटङ्की नाच नाच्दैन
तिमी भन्दा त्यो बुख्याँचा मलाई धेरै जाती लाग्छ ।

आफू ऊ एकलै बस्छ तस्कर गुण्डा पाल्दैन
ठिंग उभिऐरै बस्छ कुर्सी चाहियो भन्दैन
आफ्नो कुरा माथि पार्न टेबल ऊ ठोक्दैन
कामठगलाई जस्तो उसलाई भत्ता चाहिंदैन
तिमी भन्दा त्यो बुख्याँचा…….

बालीनाली कुरेर बस्छ उद्योगधन्दा मास्दैन
तस्करसँग मिलेर सुन तस्कर गर्दैन
आफ्नै दाजुभाइलाई सरणार्थी बनाई बेच्दैन
नैतिकता बेचेर धर्म परिवर्तन गराउँदै हिँड्दैन
तिमीभन्दा त्यो बुख्याँचा मलाई धेरै जाती लाग्छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छाता

छाता

विजयध्वज थापा
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x