साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुँडिएको तुइन र देश

खेती उन्नत छैन खेत छ यता सुख्खा सधैं जर्जर केही काम मिलेन आङ छ यता नाना बिना थर्थर आफ्नै थात र बास छोड्न करले चेपेर हैरान छन् सत्ता बस्दछ ऐसमा तर यता मान्छे सधैं मर्दछन् ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

कस्तो देश थियोे धपक्क पहिले राँको बलेको थियो
पुर्खाको तप पौरखादि सबले बल्दै सलेदो दियो
साह्रै दुःख र कष्ट आज जनता आशा सधैं हार्दछन्
सत्ता बस्दछ ऐसमा तर यता मान्छे सधैं मर्दछन् ।१

बाढी औ पहिरो गएर कतिका सन्तान नै सिध्यिए
माग्दै औषध खोप रुन्छ दुनियाँ आवाज नै छेकिए
सारा दौलत राज्य कोष जति हो नेता भुँडी भर्दछन्
सत्ता बस्दछ ऐसमा तर यता मान्छे सधैं मर्दछन् ।२

नेपाली जनता सधैं दुख गरी खान्छन् कमाई गरी
छोडी देश, विदेशमा रगतका धारा गरी तर्तरी
नेताका गणले भरे भुँडी सके भोकै कतै पर्दछन्
सत्ता बस्दछ ऐसमा तर यता मान्छे सधैं मर्दछन् ।३

खेती उन्नत छैन खेत छ यता सुख्खा सधैं जर्जर
केही काम मिलेन आङ छ यता नाना बिना थर्थर
आफ्नै थात र बास छोड्न करले चेपेर हैरान छन्
सत्ता बस्दछ ऐसमा तर यता मान्छे सधैं मर्दछन् ।४

खोलामा भल उर्लिदो छ मुटुमा ठोकेर ताला ठुलो
सानो एक रसी समाउँछ दुखी देखेर सप्ना ठूलो
आफ्ना दैनिक भोग्य वस्तु लिनमा आशा उता धर्दछन्
खोलाको जब चुट्छ हेर लहरो मान्छे बगी मर्दछन् ।५

बैरीले पुल तर्न दिन्न कहिले गोर्खे भनी हेप्दछ
सानो देश भनेर दैनिक जसो सीमा यतै चेप्दछ
पानीको उपभोग गर्न नदिने बाढी पसी डुब्दछ
सत्तामा सरकार जो छ उसको सद्भक्तिमै व्यस्त छ ।६

०००
भरतपुर ५, नारायणपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x