साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रा !!

भ्रष्टाचारकाे खेती हेर देशमा राम्रो फस्टायो सुन चादीको उब्जनी एअरपोर्टमा राम्रो मौलायो सम्पदा सम्पति त हाम्रै हो तर विदेशी बैंक भरियो दश पुस्तालाई पुग्ने धन चोरेर नै जोरियो

Nepal Telecom ad

उमेश रेग्मी :

एकातिर प्रचण्ड अर्कोतिर ओलीबा
कुर्शी झन् झन् टाढा भो के गर्छौ हे देउबा
‘बाबुराम त सेलाए’ भन्छन हाम्रा जेठाबा,
“विदेशिए देशका सबै, शान्ति दुत परेवा”

रविजीले पार्टी खोले, गर्न के खोज्या हो ?
कमल थापा गाउँदै हिडछन् राजा आउने कहिले हो ?
गगन उता कुर्लन्छन् नयाँ पुस्ता चाहिने भो
कांग्रेस भित्र हेर अब बुढा खाडा धेरै भो

खान नपाएकाले चिच्याउदै, बिरोध गर्नु स्वाभाविक हो
हालिम्वाली कम्युनिस्टको, कांग्रेसलाई यहाँ अशैह्य भो
सभापति पार्टीको, देउबा गर्छ भो भो भो …..
प्रकाशमानलाइ कसले गन्ने, कोइराला त इतिहास भो

लाउडा र मेलम्ची देशमा काण्ड भए कति
काण्ड रच्ने महरा जस्ता नेता कति कति
सत्रहजार गन्दै प्रचण्ड, बन्यो नेता बलियो
आँखामा पट्टि जनताको कहिलेसम्म रहने हो ?

भ्रष्टाचारकाे खेती हेर देशमा राम्रो फस्टायो
सुन चादीको उब्जनी एअरपोर्टमा राम्रो मौलायो
सम्पदा सम्पति त हाम्रै हो तर विदेशी बैंक भरियो
दश पुस्तालाई पुग्ने धन चोरेर नै जोरियो

उठ नेपाली सबै अब, देश बचाउनु पर्ने भो
सधै+ हुने गाईजात्राको, अन्त्य गर्नु पर्ने भो
माया गर्ने देशको, नेता खोज्नु पर्ने भो
मानचित्र देशको नया, अब कोर्नु पर्ने भो ।
०००
लण्डन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x