साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जागरणको घण्टी

हरेक पटक कुनै पनि मानिसको अधिकार कुण्ठित भयो भने, यो घण्टी त्यसको प्रतिकारमा बज्नैपर्छ ।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

सन्दर्भ- मानवअधिकार दिवस, डिसेम्बर १०

“बाजे, किन बजेन आज त्यो पुरानो घण्टी ?” रिनाले सोधिन्, “यो त इतिहासको साक्षी हो नि !”

त्यसबेला ​पुरानो विद्यालयको खिया लागेको भित्तामा अडेस लागेर उभिएकी रिनाको नजर घण्टीघरमा गएको थियो । विश्व मानव अधिकार दिवसको दिन थियो, तर वातावरण किन यति शान्त ? कतै कुनै उत्साह थिएन ।

रिनाको आवाजमा जिज्ञासा र आक्रोश मिसिएको थियो।
​हातमा लौरो टेकेर ढल्किँदै आएका बाजेले लामो सास फेरे । आँखा चिम्लिएर अतीत सम्झिएजस्तो गरे, “नानी हो, यो घण्टीले धेरै क्रूर खबरहरू बजाएको छ । कहिले कसैको मानव बेचबिखनको क्रूरता, कहिले बन्दी श्रमको पीडा । यो त राजा र राणाको चपेटामा परेका हजारौँ असहायहरूको अन्तिम आवाज रोकिने ठाउँ थियो ।”

बाजेले अलि निराशाजनक भावमा थपे, “अहिले त अधिकार खुल्ला छ, तर मान्छेहरूसँग त्यो आवाज उठाउने साहस छैन । घण्टीसँग आवाज अझै छ, सुनाइदिने मन छैन ।”

​बाजेको निराशा सुनेर रिनाको मनमा झन् आगो बल्यो । उनले भित्तामा टेक्ने सहारा छोडिन् र हतारिँदै घण्टीको डोरी समातिन् । कुनै हिचकिचाहटबिना उनले पूर्ण शक्तिका साथ डोरी तानिन्- टनन् ! टनन् !! घण्टीको त्यो चर्को झङ्कारले केवल कक्षाकोठा वा छत मात्र होइन, विद्यालयको सम्पूर्ण आँगनलाई थर्कायो । चराहरू आकाशतिर उडे, बाजेको हातबाट लौरो खस्यो ।

​बाजे डरले अक्क न बक्क भए, “के गरिस् नानी, यो त युगौँदेखिको शान्ति तोडिस् !”

रिना अब झन् बलियो र आत्मविश्वासले भरिएकी थिइन् । उनको अनुहारमा एउटा नयाँ दृढता झल्कियो । “इतिहास तपाईंहरूले चुपचाप राख्नुभयो, बाजे । तर अब हामी जेन्जीले बजाउनुपर्छ । हरेक पटक कुनै पनि मानिसको अधिकार कुण्ठित भयो भने, यो घण्टी त्यसको प्रतिकारमा बज्नैपर्छ ।”

बाजेले उनलाई हेरेर मुसुक्क हाँसे र आफ्नो भक्कानिएको स्वरमा भने, “आज तिमीले घण्टी होइन, हरेक नेपालीको आत्मसम्मान नै उठाइदियौ नानी ।”

०००
२०८२/०८/२४
सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
उचाइ

उचाइ

लक्ष्मी रिजाल
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x