साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषण र भान्सा

“सेफ होइन, स्वास्नी बनेको नि… तिम्रो भाषणको ड्राफ्ट र मेरो अफिसको फाइल उस्तै रहेछ, दुवैमा ‘घरको काम’ कै सूची रहेछ !”

Nepal Telecom ad

लक्ष्मी रिजाल :

“सुन्यौ ? आज त मेरो विशेष दिन हो, म त मञ्चमा उक्लिँदै छु !” उमा ऐनाअगाडि गाजल लगाउँदै बोलिन् ।
सोफामा बसेका उमेशले पत्रिका मोड्दै सोधे, “अनि मेरो खाना नि ?”

“आज त बाहिरै खाउँला नि ! नारी स्वतन्त्रताको उत्सव मनाउनु पर्दैन ?” उनले ओँठ टल्काउँदै भनिन् ।
“स्वतन्त्रता ठीकै हो, तर मेरो मोजा कहाँ छ ? फेरि ढिलो होला नि तिम्रो भाषण !” उमेश अलि झर्किए ।
उमा मुस्कुराइन्, “कुनाको दराजमा छ । आज नारी दिवस हो, कम्तीमा आज त आफैँ खोज्ने कष्ट गर न !”
केही बेरपछि नजिकैको मञ्चमा कार्यक्रम सुरु भयो । उद्घोषकले उनको नाम उच्चारण गरे । उमा मञ्चमा पुगिन् र गर्जिन्-
“नारी अब दासी होइनन्, उनीहरू आकाश हुन् ! पुरुषको इशारामा नाच्ने पुतली होइनन् !”

हल तालीले गुञ्जियो । गर्वले फुल्दै उनी घर फर्किइन् ।
भान्साबाट पाकेको बास्ना आइरहेको थियो । उनले सोचेँ- लौ, आज त बुढाले सरप्राइज दिएछन् !
भान्साको ढोका ढक्ढक्याउँदै उनले सोधिन्, “ओहो ! आज त आफैँ सेफ बन्नुभएछ नि त ?”
एप्रोन कस्दै उमेशले टाउको बाहिर निकाल्दै मुस्कुराए-

“सेफ होइन, स्वास्नी बनेको नि… तिम्रो भाषणको ड्राफ्ट र मेरो अफिसको फाइल उस्तै रहेछ, दुवैमा ‘घरको काम’ कै सूची रहेछ !”

०००
२०८२/११/२४ आठ मार्च

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x