साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे पोचो भयो !

मान्छे भित्र कालो भयो कुरूप भयो सेतो र सङ्लो त निमिट्यान्नै भयो-हरायो अँह ! मेले बुझ्न त सकेको छैन किन मान्छे यस्तो होचो भयो ? तर हो, मान्छे साँच्चै पोचो भयो !

Nepal Telecom ad

लीला उदासी :

मान्छे पोचो भयो !
मैले देख्ता-
मान्छे निक्कै अग्लो थियो
सुन्दर थियो / मायालु ,दयालु थियो
नौनी जस्तो मन भएको थियो
हिमालको सेतो
ऊ भित्र,तहै-तह थियो
मस्तिषकभरि सङ्लो थियो
मान्छे साँच्चै आकर्षक थियो ।

म त हेर्दै थिएँ
मन-मनै मान्छेका मान्यता गुन्दै थिएँ
सिर्जनाको ऊहापोहमा मान्छे चुन्दै थिएँ
द्वन्द्व चल्दै थियो
मान्छे गतिमा गति थप्दै थियो
तर, किन अलिकति हलचल भयो ?
मान्छे त अलिक होचो पो भयो !

मान्छे त होचो भयो
मान्छेको मन तीखो घोचो भयो
मान्छे भित्र कालो भयो कुरूप भयो
सेतो र सङ्लो त निमिट्यान्नै भयो-हरायो
अँह ! मेले बुझ्न त सकेको छैन
किन मान्छे यस्तो होचो भयो ?
तर हो, मान्छे साँच्चै पोचो भयो !

०००
झापा
०५२/४/१६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x