साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनीहरू ऐना हेर्दैनन्

स्वाधीनताको विरुद्धमा स्वाभिमानको विरुद्धमा उनीहरू ताली ठोक्छन् र बाली बोक्छन् उनीहरू सत्य र ऐनाका विरुद्धमा बोल्छन् मनका विरद्धमा बोल्छन् तर उनीहरू ऐना हेर्दैनन् ।

Nepal Telecom ad

लीला उदासी :

उनीहरूले आफ्ना बारेमा धेरै कुरा बताए
केहीले त पत्याए
धेरैले पत्याएनन्
तर नपत्याउनेले
नपत्याएको भनेनन्
केहीले ऐना हेर्न भने
तर उनले ऐना हेरेनन् ।

हो‚ उनीहरू ऐना हेर्दैनन्
आफूले बताएको आफ्नै कुरा ऐनामा मिल्दैन
ऐनाको उनलाई विश्वास छैन
उनलाई लाग्छ –
ऐना उनको अनुहार देखाउने क्षमतामा छैन
उनलाई ऐना धोका जस्तै लाग्छ
त्यसैले उनीहरू ऐना हेर्दैनन् ।

उनीहरूलाई सत्य मन पर्दैन
सत्ता प्रिय लाग्छ
उनलाई राम्रो थाहा छ
सत्य र सत्ता सँगै हुँदैन
सत्य उनलाई मन पर्दैन
त्यसैले उनलाई ऐना मन पर्दैन
उनीहरू ऐना हेर्दैनन् ।

सत्ताको त जग‚ चर र छत पनि
झूटै झूटको हुन्छ
झूट आफ्नै विरुद्धमा पनि हुन्छ
झूट मनकै विरुद्धमा पनि हुन्छ
स्वाधीनताको विरुद्धमा
स्वाभिमानको विरुद्धमा
उनीहरू ताली ठोक्छन्
र बाली बोक्छन्
उनीहरू सत्य र ऐनाका विरुद्धमा बोल्छन्
मनका विरद्धमा बोल्छन्
तर
उनीहरू ऐना हेर्दैनन् ।

०००
२०७९ असार १८
मेराे लिम्पियाधुरा (२०८०)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
krishna bause
krishna bause
1 year ago

राम्रो

Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
1
0
Would love your thoughts, please comment.x
()
x