साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहेबहरूका चटक

बालकहरूको चटकमा साहेबहरू नाङ्गो हुनेछन् दौडिने छन् साहेबहरू गल्ली र चोकतिर जसरी एउटा राजा एउटा बालकले नाङ्गो पारेपछि दौडेथ्यो दरबारतिर ।

Nepal Telecom ad

लीला उदासी :

पर्दा लाग्दै छन्
उघ्रदैछन्
लाग्दै, उघ्रँदै गर्दै छन् – पर्दाहरू
नाटक देखाउदैछन्, साहेबहरू
साहेबहरू आउदैछन्
चटक देखाउदैछन्
जादैछन्
हामी
ताली बजाउँदैछौ
साहेबहरू
बाली बजाउँदैछन् ।

ताली बजाउँदा बजाउँदै
हाम्रा त हातहरू खिइ सके
चटक हेर्दा हेर्दा
हाम्रा त अनुहारहरू
मरन्च्याँसे भै सके
तै पनि हामी चटक हेर्दैछौ
बिचारा साहेबहरूलाई
माया गर्दैछौ
हौसला दिदैछौ
चटक
प्रवर्धन गर्दैछौ
हो
आज पनि
साहेबहरू चटक देखाउदैछन्
हामी चटक हेर्दैछौ ।
सम्झन पनि पट्यार लाग्ने समयदेखि
यसरी नै
नाटक हेर्दै
चटक हेर्दै
साहेबहरूका नाटक र चटकमा
ताली बजाउँदै
यसरी नै चलिरहेछ
एउटा यात्रा
निरन्तर चलिरहेछ
चलिरहेछ ।

अनायास
एउटा सूचना आएको छ
साहेबहरूका लागि,
नाटक हेर्न
एउटा हूल आउँदैछ
हूल केटाकेटीको
हूल नानीहरूको
हूल बालकहरूको ।
साहेबहरूले नाटक देखाउँदा
हूलले आँखा चिम्लिने छ
साहेबहरूले चटक देखाउँदा
हूलले
साहेबहरूलाई पनि
चटक देखाउनेछ
बालकहरूको चटकमा
साहेबहरू नाङ्गो हुनेछन्
दौडिने छन् साहेबहरू
गल्ली र चोकतिर
जसरी एउटा राजा
एउटा बालकले नाङ्गो पारेपछि
दौडेथ्यो दरबारतिर ।

०००
झापा
मेराे लिम्पियाधुरा (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
साँढेहरू

साँढेहरू

लीला उदासी
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x