साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वदलीय चुनावी बैठक

हाम्रो तन्त्र जिन्दावाद हाम्रो शासन जिन्दावाद हाम्रो तरिका जिन्दावाद हाम्रो प्रभु जिन्दावाद रित्तो देश र उजाड भित्तो जिन्दावाद पहिले रमायौ मासुमा अब डुब आँसुमा ..... ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

देशमा चुनाव नामको कुहिरोले अन्नमुष्टी अन्धकार बनाएको थियो । नेता कार्यकर्ता भनिनेहरूको दौडधूप युद्धस्तरको थियो । मतदाताहरू उनीहरूको बिगतको व्यवहार सम्झेर उनीहरूलाई देख्नेबित्तिकै आफ्मो दाहिने हातको चोर औंलो हल्लाउँदै लाजमर्दो पनको सङ्केत गरिरहेकाथिए । उता खासगरी अल्ली दशक अघि स्थापित दलका नेता कार्यकर्ताहरूको लामो समयदेखिको कार्यशैली हेर्दा लग्थ्यो उनीहरू न्वारानदेखि टुप्पिसम्मको बल लगाएर अन्तर्राष्ट्रिय निर्लज्ज प्रतियोगिता लड्दैछन् । त्यसको छनक अहिलेको उनीहरूको बोली व्यवहारले ठाउँठाउँमा पटकपटक देखाइरहेको थियो । जसले वातावरण नै यस्तो बनाएको थियो कि कुनै राजनीतिक भनिएका दलका नेता वा कार्यकर्ता अल्लिपर देख्दैमा नाक मुख थुन्नुपर्ने भएको थियो ।

यस्तैक्रममा एक दिन पुराना मात्र दलको सर्वदलीय बैठक आयोजना भयो । झन्डै एक दर्जन दलका जुटे फुटे टुटे झुटे लुटे सुटे बुटे ठुटे गुटे ढुटे नेताहरू तोकिएको समय र स्थानमा भेला भए । यसपालि नजिकै आएको चुनावमा सबै दलहरू मिले पनि नमिले पनि खैरियत बाँकी नरहने अवस्था देशमा भएको पछिल्लो आन्दोलन र त्यसको कारणसँग सम्बन्धित अनेक विधिव्यवहारहरूले राम्रो सङ्केत दिएको वर्तमान परिवेशमा अबका दिनमा कसरी जनमानसका अगाडि मुख देखाउने कसरी प्रस्तुत हुने भन्ने त्यो सर्वदलीय बैठकको छलफलको मूल विषय थियो ।

तोकिएकोभन्दा जम्मा एउटा मात्र प्रहर ढिलो गरि बैठक प्रारम्भ भयो । विभिन्न दलका खुङ्खार नेताहरूले आफ्ना आफ्ना मन्तव्यहरू राखे । त्यो बैठकको बारेमा समाचार तयार पार्न केही झोले पत्रकारहरूलाई आमन्त्रण गरिएको थियो । ती पत्रकारहरू मध्ये एकजना अल्लि साहित्यानुरागी परेछन् । उनको पत्रिकामा बैठकको भोलिपल्ट यस्तो समाचार छापिएको थियो—
हिजो भएको सर्वदलीय चुनावी बैठकको सारसंक्षेप
आऊ नेता आऊ
आऊ कार्यकर्ता आऊ
कत्ति पनl jlलम्ब नगरी
आआफ्नो मात्र दुनो सोझ्याऊ
एउटाले कुटेजस्तो गर
अर्कोले रोएजस्तो गर
यस्ता कर्म पालैपालो गर
सकेसम्म अभिनय गर
स्वाङ पार बहानाबाजी गर
कहिले पैसा बाँड
कहिले खुवाउ जाँड
कहिले देऊ मासुभात
जितेपछl देउला खानेलाई लात
उसले उसलाई दोष दिएझैं गर
त्यसले त्यसलाई झोस दिए झैं गर
कसरी हुन्छ अनेक नाटक गर
मतादाताको गिदLमा झ्याङ्लो भर
उनLहरूको आँखामा खुर्सानी छर
नसके तस्करी गर्दागर्दै बाँकी बालुवा भर
अरू कुरो केही होइन
देशको सत्तामा
यहाँको भत्तामा
हाम्रै एकछत्र मनमौजी शासन भर
राती राती पैसा बाँड
कुनाकुनामा पुर्‍याऊ जाँड
नयाँको उदय जसरी नि भाँड
जनतामाथl बनिराख साँढ
नटेर्नेका खुस्काइदेऊ ढाड
नभए कतै पुर्‍याएर सुटुक्क गाड
साम दाम दण्ड भेद हाम्रै निजि सम्पत्ति हुन्
तिनको अत्यधिक प्रयोग रत्तिभर नछाड
हाम्रो एक मुष्ट भनाइ हो
हाम्रो एकमतको रोजाइ हो
हाम्रा आसेपासे झोले झाम्टे जुम्रे जगल्टे भुसे पगल्टे
आउरे बाउरे चम्चे धुपौरे पानीलौरे
सुलसुले भुस्तिघ्रे हुलदङ्गे सबैको एउटै समृद्धिको निर्विकल्प उपाय हो
भोट हाम्रो नोट हाम्रो बोली चाम्रो व्यवहार नराम्रो
जनता हैनन् जन्तु हुन्
आज लिने भोट
भोलि दिने चोट
कसर केही नराखौं
यो नीतिमा खोट
तबमात्र हामी सबैले एकै स्वरले गाउँनेछौं
गाउँगाउँ टोलटोलमा ताण्डव नाच लाउनेछौं
हाम्रो तन्त्र जिन्दावाद
हाम्रो शासन जिन्दावाद
हाम्रो तरिका जिन्दावाद
हाम्रो प्रभु जिन्दावाद
रित्तो देश र उजाड भित्तो जिन्दावाद
पहिले रमायौ मासुमा
अब डुब आँसुमा ….. ।

०००
२०८२ फागुन १८
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x