साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुठो हाड खाऊ

तिमी साथ लागेर हाँ जी भनेर उतै ढोग्दछौ पाउमा ज्यू गरेर । मिठो भेटिंदैमा जुठो खान जान्छौ लुठो सामु आए झुकी बोक्न जान्छौ जुठो हाडमा लोभले टोक्न जान्छौ पिठोनिम्ति सम्मान नै बेचिदिन्छौ ।।

Nepal Telecom ad

रमेश खकुरेल :

भनूँ खास इच्छा त केही थिएन
यसै बस्नलाई मनैले दिएन
बसे मौन आफै म पापी हुनेछु
भनेदेखि विश्वासघाती हुनेछु ।।

म पापी बनूँ वा कि विश्वासघाती
दुवै हालमा दोष होला ममाथि
सहूँ के गरी पोल्न थाल्दैछ छाति
गरें फैसला बन्न विश्वासघाती ।।

तिमी मित्र हौ बिर्सिएको त छैन
निकै भार तिम्रो तिरेको त छैन
तिमी नै बन्यौ दुष्ट बिर्सी सकिन्न
लगी बेच आमा यसै बेच्न दिन्न ।।

यताबाट सारी कसैले लुछेछन्
उतापट्टि चोली कुनै तान्न खोज्छन्
तिमी साथ लागेर हाँ जी भनेर
उतै ढोग्दछौ पाउमा ज्यू गरेर ।।

मिठो भेटिंदैमा जुठो खान जान्छौ
लुठो सामु आए झुकी बोक्न जान्छौ
जुठो हाडमा लोभले टोक्न जान्छौ
पिठोनिम्ति सम्मान नै बेचिदिन्छौ ।।

टुट्यो आज नाता भयो दूर जाऊ
मलाई तिमी भाइ भन्दै नआऊ
गरें घोषणा हैन तिम्रो म भाइ
नठान्नू तिमी फेरि आफ्नो मलाई ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x