सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साथी ! चिन्ने हो

साथीको महत्व पनि त्यहिबेला सम्म भइरहन्छ । अचेल त कविको कविता पनि साथी जतिकै प्यारो । लेखकको कलम श्रीमती भन्दा प्यारो लाग्ने बेला पनि भएको छ ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

पाठकवृन्द -दुनियाँमा आँखा टल्किने साथी धेरै देखियो । धेरै तिल्के पिठे मिल्के झिल्के साथी पनि चिनियो । मीठो बोल्ने । दया गर्ने ।  खराब कुरा त्याग गर्ने साथी पनि नभेटिएको होइन । साथी भने पछि हुरुक्क नहुने को होला ? त्यो बेला पनि थिए । जीवनमा धेरै साथी सित हेलमेल भएका घट्ना पनि छन् । बालपनमा साथीसित कति उडीन्थ्यो । भोग्दै नभोगेका साथी सित सुतिन्थ्यो । कति थोत्रो पाटीमा कुदिन्थ्यो । कति पातामा ताउलोको जाउलो बजाइन्थ्यो । खाइन्थ्यो । चप्पल पड्काएर सडकमा गडिन्थ्यो ।

ती पुराना कुराले दिमागमा घनले ठोकेजस्तै ठोकी रहेछ । ती कुरा जति गरे पनि टर्रो हुदैन । पेडा नै हुन्छ । कतै नाचिनु । कतै मच्चीनु । कतै भाचिनु । बाटोनघाटो कति टायर पड्काएर गुडाएर कित्ता खेलेर पिपल मेठ चुसेका कुरा अहिले पनि मनमा लुकामारि गरिरहेछ । टिकट बिनाको मनोरन्जन । बगलीमा गेडी नभएर कमजोर भएको बेला पनि सुरुवाल र बुच्चे कट्ट तान्दै साथी भन्दा भुतुक्क हुने बेला पनि थिए । बडा खतराका पहाड नहर कुलो अक्करमा झरेका दिन थिए । टाउको पेट जे दुःखे पनि नाङ्गै कुदेर साथीमा हाहा र होहोमा रमाइन्थ्यो । तर देखवटी र बनावटी होइन । साथीलाई उपेक्षा र घृणा गरेर खसाल्न यो दश थरी बयान गरेको पक्कै होइन ।

साधारण अर्थमा साथी चिन्ने बखान धेरै हुन्छन् । भानुभक्तले घाँसी देखे पछि घाँसी कविता सिर्जना गरे जस्तो साथी बनाउन कविता कोर्न नपार्ला । साथी चिन्न लुडो र जुडोमा घोत्लिन पनि नपर्ला । बुद्धले दरबार बाहिर निस्कँदा रोगी वृद्ध र लाशको दृश्य देखेपछि मानिसको अवस्था रोगी पनि हुँदोरहेछ वृद्ध पनि हुँदोरहेछ मृत्यु पनि हुँदोरहेछ पनि रहेछ भन्ने कुरा चाल पाए । मैले त्यो विषयमा भ्रममा परेर साथीको बयान गर्न खोजेको होइन । साथी चिन्न बुद्ध र गान्धिको जस्तो आँखा र भानु भक्तको जस्तो कलम तिर्खान सकिन भने गिल्ला पनि नगर्न मेरो आग्रह छ ।

गान्धीका आँखाले देखेका साथीहरू, भानुभक्तले जेलमा भोगेका लामखुट्टे उपियाँका साथीहरू,  देवकोटाले कल्पना गरेका भलादमी साथीहरू, भूपीकालीन साघुरा गल्ली र चोकका साथीहरू, समको चिसो चुल्होमा भात पकाउन पल्केका साथीहरू, लेखनाथको मगजले चिनेका कवि र कविता साथीहरू चिन्न । उनीको मर्म बुझ्न अहिले सिठ्ठी बजाएर हाउ भाउ गरेर साथी जोड्न सकिने जमाना छैन । ती साथीहरू अँध्यारो खोपीमा हराइसके । यस्तो साथीका कथा सङ्ग्राहालय देखेर नाक घिराला जत्रो बनाउने कोशिश गर्न पनि सकिँदैन ,बरू टाउको भकुण्डोजत्रै बनाउन सकिने छ ।

मेरो अनुभव –
साथी एउटा पात्र न हो । एक पटक अपरिचित पात्र सित सिड्नीमा जोडीन पुगेको घटनाले दिमाग हल्का हल्लाएको कुरा म सम्झन्छु । जति बिर्सिउ भन्छु पुनः ताजा भरहन्छ । मेरो बालुवाले भरिएको दिमागमा विरालोले मुसा खेलाए झैँ कुरा स्मृतिमा खेलिरहेछन् । त्यहि असन्तुष्टीका कुरा घिस्रिरहन्छ । मःमः खाने रहरले कतै स्यास्या र फ्याफ्यामा पुगेको थिए । ठाउँको नाउँ पनि याद छैन । मसित खल्तीमा काटेको ठाउमा मुती दिने विदेशी सुका सेन्ट खर्च गर्ने क्षमता पनि थिएन । डलरको त कुरै छोडौँ । पेइग आनेदर गोइन टुकेदर हुने फर्मुलमा पुगेको थिए । को सित हिँडेको त्यो चाहिँ भुलेछु । त्यो काठमाडौंको न्यूरोडको जस्तो सस्तो भटमासे भट्टी छोयलाजस्तो ह्वास डुङडुङती गन्हाउने रेष्टुरा थिएन । बसाईको क्रममा मेरो टेबुल भन्दा दश फिट परका बसेका साथीले जुरुक्क उठेर मेरै टेबुल छेउ तिर आँखा तान्दै हलो गरेर निम्ता गरे, हात हल्लाएर घुम्दै मेरो गोजीको चाल देखेर प्वाक्क भने । आउनुस् शेयर गरौँ नेपाली फेसजस्तो देखिनु हुन्छ, अपरिचत स्वरले बियरको सिसी देखाउँदै भने । म अक्क न बक्क भए । ठूलो समस्या बगलीमा गेडी नभए पनि झोल नपिई म मःमः चपाउन दात तिखार्ने धुनमा थिए ।

उनको बेली बिस्तारले म झसङग भए । उनको सिसीप्रतिको मोह भए पनि प्रेम भाव एक मिनेटमा नै बढ्दै गयो । चिप्ले कुराको जाल मैले बुझिहालेँ । आधा घण्टा नबित्दै फेस बुकमा जोडिँदै परिचय दिँदै साथीलाई आलुु साथी नभनी प्रमोसन गरि नभएको जुगा हल्लाउन पुगेँ । उनको बिल उनैले तिरे । यो कुराको बयान गर्दा म आफै बेपत्ता भएको छु । अधा घण्टामा त्यस दिनको मःमःको दम र स्वाद अनि त्यसको दर रेट बिर्से पनि त्यो नेपाली साथीसितको बस उठ भुलेको छैन ।

म सिड्नीको चहल पहल र ओपोरा हाउस छेउको सफासुग्घर हेर्दै यात्रामा जता पुगे अरु अतिथि साथी भेटे पनि सिटीको ट्ेन बसमा गुडे पनि । मेरो मर्मले उही पुरानो मःमः दोकानको साथी दृश्यले दङ्ग र फुरङ्ग पारिहाल्छु । उनको नेपाली पन लवाइखुवाई र हिँडाईले भुकम्प आएझैँ हलचल भइरहन्छु । किन होला त्यो दिनको कुरा बेकारमा घुसिरहन्छ । फाइदा फ नभए पनि हाउ भाउ मात्र सम्झिन पुग्छु । बासस्थानको ओछ्यानमा जुत्ता जता पल्टे पनि पनि, बिचरा त्यो साथीलाई न घरको हालत बनाउन पाए । न त थालको भात देखाउन पाए । मेरो मनमा अनेक कुराले डेरा जमाई भेडाको भुत्ला झैँ टाँस्सिन आई पुग्छ । गाडीको चक्काझै गुड्न चराको पखेटाझैँ मन उड्न थाल्छ । यस्तो साथीको मर्म कस्लाई थमौती गरि दिने ।

सुदामा र कृष्ण चरित्रजस्ता साथी बनाउन सयौँ कोशिशमा पनि म विफल भएको छु । न त जुँगा टल्काए न त पहिरन नै ढल्काए । मेरो साथी रोज्ने फर्मुला पनि फेल खाएको छ । मैले चिन्न नसक्नु मेरो बुद्धिमा किरा पस्नु हो । थोडा खाउ बनारस जाउ भन्ने साथीको चरनमा पर्न नसक्नु । माछा देखे दुलाभित्र हात सर्पदेखे दुला बाहिर हात गर्ने साथी देख्ता आफै ङिच्च भएको छु । म यस्तो कुराबाट घाइते भएको छु । आलोचनाको अ उच्चारण गर्न सक्दिनँ ।

अमेरिकामा हिउँ पर्दा जिरीमा हिउँको बिउ खोज्ने साथी । रस्सfमा पानी पर्दा न्यूरोडमा छाता ओड्ने साथी । एक टपरी माटो बेचेर १० ढलानको महलमा सिस्साटारको फुर्मुला बिर्सेर घरमा निम्ता गरेर साथी भकुर्ने साथी । कोही खोरको चल्ला झैँ हल्ला गर्ने साथी । कोही खप्परमा अर्तर छर्ने साथी । भोकको बेला जेरी स्वारीको भोजन दिने साथी । भदौको घाममा चिसो बतास छर्ने साथी । सडकको रोटीमा फलारको आनन्दको दिने साथी । कोही शहीदको जस्तो विविधतामा साहसी दिने साथी । कोही धाक रवाफमा मिहनेती बन्ने साथी । यस्ता साथी जहा पुगे पनि आदरणीय नै हुन्छन् । तर मेरो कागे शरिरले सास फेरेर पनि गहिरो मित्रता गास्न पनि सकेन । यसैमा पछुतो लाग्छ ।

हुन त शिवभट्ट ब्राम्हणले सात बर्षको गोमालाई जीवन साथीको कथा सुने पनि देखाई, भोगाई र रोजाईबाट तीन प्रकारको साथी पाएको छु । पहिलो हो अनुकूल साथी । दिव्य सत्य वचन साथी । सिनेमा घरमा जादा अमेरिकी स्टाइलमा गोइङग टुकेदर पेइङग सेर्पेट भन्ने साथीले छक्का पन्जा गर्न सक्दैनन् अनि जो कोहीले मन नपाराउन पनि सक्छ । यसैलाई नाफा विहिन साथी भन्न पनि सकिन्छ ।

दोस्रो हो निजी साथी । यस्तो साथीलाई भैरव अर्यालको “आलु” निबन्धमा भनेजस्तो साथी लाई “आलु घडी” जस्तो आलु साथी भनेर प्वाक्क उपाधि दिन मिल्दैन । दोस्रो हो स्वच्छ वचन दिने साथी । यस्ता साथीले मित्रको मर्म बुझेको हुन्छ साथीको स्वाद त्यसैमा हुन्छ । यस्ता साथी निजी साथी भन्दा फरक नपर्ला ।

साथी शब्द उपाधि मात्र होइन मानव जमाताको एउटा विश्वविद्यालयजस्तै हो । साथीबाट धेरै कुरा पढेर बढ्न सकिन्छ । सही साथी चयन गरेर अनेक कुरा ग्रहण गर्न सकिन्छ । कठिन कठिन कार्य गर्न सकिन्छ । आफूलाई परिवर्तन गर्दै रोटी सेक्ने मेसो मिलाउन गन्हाउने साथी भए पनि केही फरक पर्दैन । । खराब सङ्गतबाट छुट्न आफैँलाई नियन्त्रण अर्को पाटो हो । जो अरुको हित गर्छ त्यो नै सही साथी हो । क्रोधी विवेकहीनलाई साथी बनाएर बुद्धि पलाउने कार्य मैले गर्न नसको देख्दा म आफै दोधारमा छु । साथीको भूमिकामा दुब्लो पातलो बन्नलाकि भन्ने डर र फसादमा सधैँ सजक पनि छु । खसोखास म पनि कसैको साथी हुँ । कतै नाता पाता बोकेर हिँडेँ हुँला । कतै झोले साथी भएर पुगे हुला । यसो गरु कि कसो गरु भा छ । ती कुरा अहिले इतिश्री भएका छन् । यद्यपी साथी बन्न उमेरले पद प्रतिष्ठाले छेकबार लाउदैन । यो ‘गफाडी गफ’ नभन्नु होला ।

पृथ्वीमा एक थोपा पानी रहेसम्म हवनको चमर र चरु जहिलेसम्म डोली रहन्छ साथीको महत्व पनि त्यहिबेला सम्म भइरहन्छ । अचेल त कविको कविता पनि साथी जतिकै प्यारो । लेखकको कलम श्रीमती भन्दा प्यारो लाग्ने बेला पनि भएको छ । यसो भन्दा साथीहरूले चित्त नदुखाउनु होला । हामी अमरसिंह र भक्ति थापा, राम, सीता, बुद्ध, कृष्ण सुधामा रावणजस्ता वीर धिर योद्धा साथी पाउन दौडधुपमा फेसबुकमा खोजी रहेका छौ ।

शहीदजस्तो साहसी पात्र होइन एउटा लङ्गडो बहिरो कानो साथी पनि हात पार्न नसकेर खिन्न भएका छौ । तसर्थ अहिले दिमाग भरी भरपुर पार्न ब्रेडले पनि आडीलो सहयोग गर्दैन । साथी पनि खानपिनको आधारभूत सामाग्री जस्तै महत्व भइसकेको छ । तर साथीको टाउको चिन्न साह्रो पो रैछ । साथी चिन्न जुगा काट्ने हो कि ? जुत्ता टल्काउने हो कि ? खुशी किन्ने हो ? हत्तेरिका म द्विविधामा छु ।

०००
काठमाडौं १५ हाल सिड्नी
०५ मार्च, २०२४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
रोएका बाटो

रोएका बाटो

ठाकुरप्रसाद अधिकारी
सोच्दा सौच्दै

सोच्दा सौच्दै

ठाकुरप्रसाद अधिकारी
कसौँडी मोह

कसौँडी मोह

ठाकुरप्रसाद अधिकारी
नयाँ मन्त्री

नयाँ मन्त्री

ठाकुरप्रसाद अधिकारी
झोलाका झोले कुरा !

झोलाका झोले कुरा !

ठाकुरप्रसाद अधिकारी
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी