साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी

समयले सिकायो तर समयमै सिकाएन तँलाई पछ्याउँदै यहाँसम्म आएँ अब कुन निणर्य लिऔँ अहिलेसम्म थाहा छैन ए जिन्दगी ! तँलाई काटौँ कि तँलाई जिऔँ ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

अहिलेसम्म थाहा छैन ए जिन्दगी !
तँलाई काटौँ कि तँलाई जिओैँ ?

अनेकन माछी काँडे डोरीको उल्झनमा
म जेलिउँ या छट्पटाउँ
ठाउँ ठाउँमा च्यातिएको छ उध्रिएको छ
कुन छेउमा टालौँ या सिलाउँ
युद्ध छ जताततै
कोसँग लडौँ या मद्दत मागौँ
कस्को शत्रु बनौँ, कस्को बनौँ हिमायती
ढुङ्गाका पहाडमा फूल फुलेको छ
म पत्थर उठाउँ कि फूल लिओैँ
अहिलेसम्म थाहा छैन ए जिन्दगी !
तँलाई काटौँ कि तँलाई जिऔँ ?

मलाई त कर्मको अधिकार मात्र दिइस् रे
फल त अर्कैसँग छ भन्छ
पर इक्षित फल पनि कहिले मिल्छ
मान्छेहरु भन्छन्
यो जन्मबाट अर्को जन्मसम्म
फलको आशमा भट्किरहनु पर्छ
कहिलेकाहीँ त इशारा दे न जिन्दगी
मैले यहीँ जन्ममा केही लिऔँ
अहिलेसम्म थाहा छैन ए जिन्दगी !
तँलाई काटौँ कि तँलाई जिऔँ ?

मलाई किनारा पनि थाहा छ
नाउँ पनि त छ मेरो
तर तेरै यो भूवरीमा
हर तुफानले लाउँछ घेरो
कोशिस हजारौँ बनाएँ
र धोका पनि धेरै खाएँ
बुद्धि विवेक अनेकौं देखेँ
समयले सिकायो
तर समयमै सिकाएन
तँलाई पछ्याउँदै यहाँसम्म आएँ
अब कुन निणर्य लिऔँ
अहिलेसम्म थाहा छैन ए जिन्दगी !
तँलाई काटौँ कि तँलाई जिऔँ ?

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x