सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ मन्त्री

मरिचझैं भित्र भित्रै चाउरिरहेछ असनमा दाैडिरहेकाे रिक्साझै खिइरहेछ नयाँ मन्त्री दशैमा पालेको सिंगाने खसीझैँ झ्याउरिँदै गइरेछ फेरि कुन बेला ढल्ने हो था छैन ब्रेक फेल भएको गाडीझैँ यत्रतत्र कुदिरहेछ

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

नयाँ मन्त्री छैन नयाँ जस्तो
उहि पुरानाे बासी आँखा च्यातिरहेछन्
केही परिवर्तन छैन
उही पुरानाे कुर्सी समाउन बाहेक
उही पुरानाे भित्तामा फाेटा टाँग्न बाहेक
इशाराकाे माया लाउने नयाँ याेजना केही छैन
काेट झुण्याउने
टाइ लाउने
टाेपी ढल्काउने स्टायल
केही फरक छैन
कुर्सी उस्तै छ
माेटर उस्तै छ
थोत्राे जुत्ता टल्काए पनि
जुँगा तासे पनि
दाह्री उस्तै छ
संसदकाे गणितकाे खेलमा
दुई चार मंन्त्रालय झुण्याए पनि
दुई चार करङकाे भरमा
नयाँ मन्त्री जंगबहादुरकाे काेट झै खुइलिरहेछ
बाहिर चर्किरहे पनि
मरिचझैं भित्र भित्रै चाउरिरहेछ
असनमा दाैडिरहेकाे रिक्साझै खिइरहेछ
नयाँ मन्त्री
दशैमा पालेको सिंगाने खसीझैँ
झ्याउरिँदै गइरेछ
फेरि कुन बेला ढल्ने हो था छैन
ब्रेक फेल भएको गाडीझैँ यत्रतत्र कुदिरहेछ
हाे नयाँ मन्त्री बेसारे बन्दै गइरहेछ ।

०००
काठमाडाै- १५, हाल सिड्नी
११ मार्च, २०२४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रोएका बाटो

रोएका बाटो

ठाकुरप्रसाद अधिकारी
सोच्दा सौच्दै

सोच्दा सौच्दै

ठाकुरप्रसाद अधिकारी
कसौँडी मोह

कसौँडी मोह

ठाकुरप्रसाद अधिकारी
साथी ! चिन्ने हो

साथी ! चिन्ने हो

ठाकुरप्रसाद अधिकारी
झोलाका झोले कुरा !

झोलाका झोले कुरा !

ठाकुरप्रसाद अधिकारी
पोशाकको फुर्ती

पोशाकको फुर्ती

ठाकुरप्रसाद अधिकारी
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’