साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ मन्त्री

मरिचझैं भित्र भित्रै चाउरिरहेछ असनमा दाैडिरहेकाे रिक्साझै खिइरहेछ नयाँ मन्त्री दशैमा पालेको सिंगाने खसीझैँ झ्याउरिँदै गइरेछ फेरि कुन बेला ढल्ने हो था छैन ब्रेक फेल भएको गाडीझैँ यत्रतत्र कुदिरहेछ

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

नयाँ मन्त्री छैन नयाँ जस्तो
उहि पुरानाे बासी आँखा च्यातिरहेछन्
केही परिवर्तन छैन
उही पुरानाे कुर्सी समाउन बाहेक
उही पुरानाे भित्तामा फाेटा टाँग्न बाहेक
इशाराकाे माया लाउने नयाँ याेजना केही छैन
काेट झुण्याउने
टाइ लाउने
टाेपी ढल्काउने स्टायल
केही फरक छैन
कुर्सी उस्तै छ
माेटर उस्तै छ
थोत्राे जुत्ता टल्काए पनि
जुँगा तासे पनि
दाह्री उस्तै छ
संसदकाे गणितकाे खेलमा
दुई चार मंन्त्रालय झुण्याए पनि
दुई चार करङकाे भरमा
नयाँ मन्त्री जंगबहादुरकाे काेट झै खुइलिरहेछ
बाहिर चर्किरहे पनि
मरिचझैं भित्र भित्रै चाउरिरहेछ
असनमा दाैडिरहेकाे रिक्साझै खिइरहेछ
नयाँ मन्त्री
दशैमा पालेको सिंगाने खसीझैँ
झ्याउरिँदै गइरेछ
फेरि कुन बेला ढल्ने हो था छैन
ब्रेक फेल भएको गाडीझैँ यत्रतत्र कुदिरहेछ
हाे नयाँ मन्त्री बेसारे बन्दै गइरहेछ ।

०००
काठमाडाै- १५, हाल सिड्नी
११ मार्च, २०२४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x