साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाउ

अर्को केबिनमा भलाद्मीहरू छन्, कृपया अरुले नसुन्ने गरी बोल्दा राम्रो । दुवै क्याबिनबाट आउने पैसा एकै घरको रहेको साउले जानेको थियो । दोस्रो केबिनमा बस्ने दुवै युवाका बुबा पहिलो क्याबिनमा थिए ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

होटलको एउटा केबिनमा दुई प्रौढ रक्सी धोकिरहेका थिए र सामुन्नेको अर्को केबिनमा दुई युवा । रक्सीका बोतलहरू रित्तिएका र कुखुराको खुट्टाका हड्डीहरू छरपस्ट थिए । दुवैका दुवै-दुवै खुबै मिल्ने साथी थिए ।

पहिलो केबिन : मेरो छोरा बर्बाद भयो । कुनै काम लाग्ने भएन । मैले यत्ति दुःख गरेर सम्पत्ति उमारेँ तर उसले सबै गल्र्याम्मगुर्लुम्म ढालिदिने भयो । उसले केही गर्दैन । यही चिन्ताले म रक्सी नखाई बाँच्नै सक्तिनँ ।
अर्को पात्रले समर्थन जनायो । अनि पीडा पोख्यो : मेरोलाई त झन् आमाले पुल्पुल्याई, मामाले माया गर्‍यो । दिनरात रक्सी खान्छ । सबै सम्पत्ति स्वाहा पार्ला जस्तो गर्‍यो । मेरो एटिएम चोरेर मोज गर्छ, साथीहरूमा भोज गर्छ ।

सामुन्नेको केबिन : मेरो बुबा त खत्तम । रक्सी खाएर सब्बै सम्पत्ति नाश पार्न खोजे । काम केही गर्दैनन्, खालि रक्सी खान्छन् । मेरो सम्पत्ति सकिन लाग्यो भन्ने लागेर बाबुको बिँडो थामेको हुँ होटलमा ।
अर्को पात्रले समर्थन जनायो । तेरो बाउभन्दा मेरो बाउ झन् खत्तम । तेरो बाउलाई बिगार्ने मेरै बाउ हो । मभन्दा पनि ढिलो घर पुग्छन् हरेक साँझ । मेरो भागमा पर्नुपर्ने सम्पत्तिको आधा रक्सीमै सिद्धियो ।

होटल साउ दुवै क्याबिनमा पुगेर यही भन्थे – अर्को केबिनमा भलाद्मीहरू छन्, कृपया अरुले नसुन्ने गरी बोल्दा राम्रो ।
दुवै क्याबिनबाट आउने पैसा एकै घरको रहेको साउले जानेको थियो । दोस्रो केबिनमा बस्ने दुवै युवाका बुबा पहिलो क्याबिनमा थिए ।

०००
२६ फागुन २०८०
मित्रनगर, गरुडा ४, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x