साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुप्रिमो

बाहिर पसिनाले भिजायो र भित्र ओठतालु सुकायो । सबैले एकै स्वरमा बोले – “हो, हजुर ! प्रकृति खराब छ । हजुर राम्रो ।” अनि उसैको संरक्षणमा सबै जना टुप्पोमा रहेको मन्दिरसम्म पुगे ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

दुष्ट, विद्वान, सहनशील, साधु र तटस्थ यात्रामा थिए ।
हेर्दा गन्तव्य सोझै देखिन्थ्यो तर बाङ्गोटिङ्गो र उकालो बाटो थियो । लक्ष्य एउटै हो । अघिपछि एक्लाएक्लै हिँडिरहेकाहरू सप्पै मिल्न पुगेका थिए ।

यात्रामा नाम किन सोध्नु पर्यो कसैले । को पहिले पुग्ने भन्ने प्रतिस्पर्धा नभएपछि हिँड्न र बोल्न पनि रोक्नु भएन । बोली हो, निस्किइहाल्छ कोही न कोहीबाट ।

आहा, कति राम्रो दृश्य !

तटस्थको मुखबाट फुत्क्यो । साधुले सहमति जनायो । सहनशीलले मुस्कुराएरै टाउको हल्लायो । विद्वानले भावको गहिराई र प्रकृतिको गम्भीरतालाई गम्यो । दुष्ट चाहिँ बम्क्यो – यत्रो कठिन छ त केको राम्रो । चुप लाग फटाहा ।

बोलेको त तटस्थले थियो । चुप लागिहाल्यो । बाँकी सबै पहिले नै मौन थिए । दुष्टले फेरि बोल्यो – मेरो जीत भयो कि भएन ? भन, सबैजना – यो दृश्य खराब हो ।

दुई पाइलो उक्ल्यो । हातमा एउटा ढुंगो उचाल्यो र फेरि बम्क्यो – “भन, प्रकृति दुष्ट छ । हामीलाई कष्ट दिन्छ ।”
त्रासको चिसो बतासले सबैको निधारलाई छोएको अनुभूति भयो । हौसला बुलन्द पार्दै अझ कडा भएर बोल्यो –“यति भनिनस् भने यो ढुंगोले टाउको ताक्छ … ।”

बाहिर पसिनाले भिजायो र भित्र ओठतालु सुकायो । सबैले एकै स्वरमा बोले – “हो, हजुर ! प्रकृति खराब छ । हजुर राम्रो ।”
अनि उसैको संरक्षणमा सबै जना टुप्पोमा रहेको मन्दिरसम्म पुगे ।

०००
राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
अप्जसिया कुर्सी

अप्जसिया कुर्सी

खग प्रसाद नेपाल
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
0
Would love your thoughts, please comment.x
()
x