साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असली मित्र

नक्कली आफन्त तथा मित्रहरूको घरमा पछुतोको चिसो पस्यो । ऊसित नाफा मात्र खोज्नेको पासा पल्टियो । घरमा फूलमालासहित उत्सवको नयाँ तयारी तयारी भएको थियो नयाँ जन्म दिवसझैँ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

उसले एउटा जाँच सञ्चालन गर्यो, एउटा प्रश्नको सम्बोधनमा । प्रश्न थियो – मलाई कतिले माया गर्छन्, सम्मान गर्ने कति छन् ?

ऊ मर्यो । क्रन्दनको भयावहताले डर लाग्दो दृश्य सिर्जन गर्यो । यस खबरले सामाजिक सञ्जालमा श्रद्धाञ्जलिको सुनामी ल्यायो । सुकर्मको अर्चना फलाकिए । चिया पसलमा अमृत वमन भयो । अतृप्तहरूले पनि तृप्तिको नाटक मञ्चन गरे । सधैं खोइरो खन्ने दुरात्माहरूले सन्तोषको साँस फेरे ।

एउटा लस्कर खोला किनारसम्म पुग्यो । बाजा पनि घन्केको थियो, करुण स्वरमा । बाजाको तालमा कतिपयले अमिल्दो कम्मर हल्लाए, पापात्माहरूले निर्लज्ज खुसी मनाए मनमनै ।

चितामा राख्नेवेला ऊ उठ्यो । सबै डराए । अचानक खुसीको शीतल लहर व्याप्त भयो खोलाको बतासझैँ । उसले स्वस्थ सम्बोधन गर्यो – “सबैलाई धन्यवाद । मलाई यति मात्रले माया र सम्मान गर्नुहुँदो रहेछ । मैले सबैलाई चिनें ।” घाँटीभन्दा माथिका मित्रहरू छाँटिइएका थिए ।

नक्कली आफन्त तथा मित्रहरूको घरमा पछुतोको चिसो पस्यो । ऊसित नाफा मात्र खोज्नेको पासा पल्टियो । घरमा फूलमालासहित उत्सवको नयाँ तयारी तयारी भएको थियो नयाँ जन्म दिवसझैँ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x