साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेट एक रुप तर अनेक

आँट र साहस ता अर्ना राँगाकाे भन्दा पनि बडी छ सबुत भनेका दाँत मात्र छन् चबाउने दाँत भने बत्तिसओटै छन् जे पनि कर्याम्म चबाउनुहुन्छ जेसुकै खान पनि मुख आँ गरेर बाउनुहुन्छ एक कमरेट सबैतिर हमरेट ।

Nepal Telecom ad

हाेम सुवेदी :

प्रशंसाकाे भाेक हो
एक्लै सब थाेक हो
एक्लै महाधिवेशन गर्नुहुन्छ
सिङ्गाे प्रतिनिधित्व एक्लै गर्नुहुन्छ
आफैँ उद्घाेषण गर्नुहुन्छ
एक्लै पानसमा बत्ती बालेर
एक्लै फिता काटेर
आफैँ माला लाएर
आफैँ स्वागत भाषण गरेर
एक्लै उद्घाटन गर्नुहुन्छ
मूल भाषण पनि एक्लै ताेड्नुहुन्छ
आमन्त्रितहरूका लागि
शुभकामना भाषण पनि
एक्लै ठाेक्नुहुन्छ
आमन्त्रित पनि आफैँ
आमन्त्रितका तर्फकाे भाषण पनि
एक्लै खोक्नुहुन्छ
आगामी कार्यदिशाकाे प्रस्ताव
एक्लै राख्नुहुन्छ
मासडिसकस पनि एक्लै गर्नुहुन्छ
वर्गशत्रु तय गर्नु
भावी योजना तयार पार्नु
आगामी याेजना तयार गर्नु
पास गर्नु
ताली पिट्नु
फाेटाे खिच्नु
सेल्फि लिनु
पत्रकार गर्नु
धम्की दिन
सब एक्लै
साथकी नेतिनीलाई समेत छनडेर
देशका लागि एक्लै
बन्दसत्रमा एक्लै
मतदान एक्लै
सब एक्लै ।
भाेट खसाउनुहुन्छ
आफूलाई जिताउनुहुन्छ ।
नारा लाउनुहुन्छ
क्रान्तिगीत गाउनुहुन्छ
सतप्रतिशत भाेट ल्याउनुहुन्छ
सदाका लागि
अध्यक्ष चुनिनुहुन्छ
आफ्नाे जितमा आफैँ नारा लाउनुहुन्छ
समापन भाषण गर्नु
धन्यवाद ज्ञापन गर्नु
सब एक्लै एक्लै
याे भन्दा मितव्ययी अरु काे छ हँ ?
सुनिन्छ
अध्यक्ष जिउकाे
किड्नी एउटै छ
नदेख्ने भए पनि आँखाे एउटै छ
नसुन्ने काम एउटै छ
बुद्धि एक भन्दा अझ तल शून्यतिर छ
आँट र साहस ता
अर्ना राँगाकाे भन्दा पनि बडी छ
सबुत भनेका दाँत मात्र छन्
चबाउने दाँत भने बत्तिसओटै छन्
जे पनि कर्याम्म चबाउनुहुन्छ
जेसुकै खान पनि
मुख आँ गरेर बाउनुहुन्छ
एक कमरेट
सबैतिर हमरेट ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x