याेगीश कृष्णबलदेवलाई के जबाफ दिनू ? (१)
अब होटल तोटल ,पान दुकान सब रातभर खुलोस् - के थाहा कुन पदाधिकारीको कुनै होटल, चा दुकान,पान पसलमा शपथ भैजाओस्।

याेगीश कृष्ण :
बलदेव क्रुद्ध थियो “दाजु,यो मुलुकमा राम्रो काम त गरेको त देखी सहन्नन् । मुलुकभरमा खरबौँ रुपियाँ खर्च गरेर भ्यू टावर बनाए, त्यसको विरोध । दाजु, तिमी नै भन त, समृद्धि जो आउँछ, त्यसलाई जमिनबाट थोडै हेर्न मिल्छ ? हेर्ने राम्रो ठाउँ चाहिन्छ कि चाहिन्न ?”
मैले उसलाई चुप लगाउन खोजेँ तर असफल भएँ, उसले भन्यो “अब हेर ! मध्यरातमा मुख्यमन्त्रीको शपथ होटलमा भयो भनेर हाय तौबा मच्चाउँदैछ्न् । संविधानको कुन धारामा लिखेको छ कि मध्यरातमा शपथ गर्नु हुन्न ? यस्तो कामबाट मुलुकलाई कम फाइदा छ ? यसैगरी भविष्यमा प्रधानमन्त्रीको शपथ पनि हुन सक्ला । अब होटल तोटल ,पान दुकान सब रातभर खुलोस् – के थाहा कुन पदाधिकारीको कुनै होटल, चा दुकान,पान पसलमा शपथ भैजाओस्। हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । हो कि होइन ?”
बलदेवलाई के जबाफ दिनू ?
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































