साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सकियो

सिंहासनमा बिराज थिए, छोटे राजाहरु खुसी थिए त्यै खुसीको, गदगद् सकियो ।

Nepal Telecom ad

पदम भण्डारी :

मन्त्री पद सकियो सभा-सद् सकियो
उसको कुर्सी सकियो अनि, पद सकियो ।१।

पद थियो ईज्जत थियो, मानसम्मान थियो
चालै नपाई निमेषमै, हत्पत सकियो ।२।

मुलुक रणमैदान बन्यो, क्षणभरमै जल्यो
सिंहदरवार सकियो अदा-लत सकियो ।३।

पेट्रोल छर्के आगो लाग्यो, पैसा सुन डढ्यो
सम्पत्तिको भण्डार अनि, रसद् सकियो ।४।

अब उसको जुत्ता मोजा, लगाई दिने कसले
उसको आवाज सकियो अनि, कद सकियो ।५।

उसको उखान टुक्का भन्ने, ल्याकत सकियो
सकियो अब उसको म्याद, हद सकियो ।६।

सिंहासनमा बिराज थिए, छोटे राजाहरु
खुसी थिए त्यै खुसीको, गदगद् सकियो ।७।

बहुमतको दम्भ पालि, जे गरे नि हुन्छ
भन्ठानेका ठालुहरुको, हर्कत सकियो ।८।

आफ्नो शक्ति अनि धनको, मद् लागेको थियो
अब उसको अहंकारको, मद् सकियो ।९।

शहिद हुने शहिद भए, घाइते हुने घाइते
नहोस तिनको माग अभी-मत सकियो ।१०।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x