साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्ने गरौँ आदर

साह्रै वृद्ध भए भनेर नगरौँ हेला कसैले पनि पाका मानिसभित्र ईश्वर स्वयं देखिन्छ ताजा बनी माया प्रेम रहे समस्त जनमा गुल्जार होला घर एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

साँच्चै ईश्वरझैँ विशिष्ट कदका हुन् वृद्ध वृद्धाहरू
पाका मानिसभित्र उच्च तहको झल्किन्छ हो आबरु
पाका मानिस छैन हो यदि भने के सभ्य होला घर?
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर॥१

मान्छेले जब रोप्छ वंश बिरुवा यो सृष्टि थाम्नेगरी
होम्नै जीवन बाध्य हुन्छ तब त्यो सङ्घर्षमा बेसरी
पाकाकै श्रम शिल्पबाट घर यो बन्ने त हो सुन्दर
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर॥२

नेपाली सबका गृहस्थ रथ यो हाँक्ने यिनै हुन् रथी
फाँडी केवल खोरिया अति ठुला पाटो बनाए अति
पाका नै पहिले बने अवनिमा बच्चा युवाको भर
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर॥३

आफैँ वैद्य बनेर औषध गरे पर्दा बिरामी कति
विद्या बुद्धि विवेकको रस दिए सञ्जीवनीझैँ अति
हाम्रो जीवन आज सार्थक भयो पाई यिनैको भर
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर॥४

साह्रै वृद्ध भए भनेर नगरौँ हेला कसैले पनि
पाका मानिसभित्र ईश्वर स्वयं देखिन्छ ताजा बनी
माया प्रेम रहे समस्त जनमा गुल्जार होला घर
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x