साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलदेवलाई के जवाफ दिनु ? (३)

चिढिएझैं गरेर उसले भन्यो "हे दाजु , यो पनि नभनेको कहाँ हो र ? उसले भन्यो कि तिनको बोलिको कुन ठेगान छ ? संक्रमणकालीन न्यायको हालत हुन्छ । द्वन्द्वपीडितहरू भौँतारिन थालेको पन्ध्र वर्ष पुग्न लागिसक्यो ।"

Nepal Telecom ad

याेगीश कृष्ण :

बलदेवलाई निद्रा परेन छ “दाजु, जब जब म निदाउन खोज्छु, तब एउटा दुब्लो, पातलो,घाइते जस्तो कमजोर आकृति मेरो अघिल्तिर आइपुग्छ । भन्छ कि उसलाई अन्याय भयो ।

मैले उसलाई भनेँ “यो कुन नयाँ नौलो कुरा हो । सम्झाएँ – न्याय माग्न सर्वोच्च अदालत जाऊ ।

थाहा छ दाजु, उसले के भन्यो ?”

“के भन्यो “?

उसले भन्यो “संविधानसँग बाझिएका कैयन् मुद्दा सालौँ सालदेखि अट्किरहेको छ, मैले त्याहाँबाट कसरी न्याय पाउने ? ”

मैले सुझाव दिएँ “जनताको प्रतिनिधित्व गर्ने संस्था संसद हो , त्यहीँ जानू भनिदेऊ न त !”

उसले खस्केको स्वरमा जबाफ दियो “यही कुरा त मैले पनि भनेको थिएँ । रिसले बमबम गर्दै उसले भन्यो- त्यहाँको मुखिया आफै कर्तव्य ज्यानको आरोपित हो । कुन ठिक, मेरो सफाया गरिदेओस् “।

“उसको डर स्वभाविक पनि हो । दलको नेताहरूकहाँ पठाऊ न त ” मैले सुझाव दिएँ ।

चिढिएझैं गरेर उसले भन्यो “हे दाजु , यो पनि नभनेको कहाँ हो र ? उसले भन्यो कि तिनको बोलिको कुन ठेगान छ ? संक्रमणकालीन न्यायको हालत हुन्छ । द्वन्द्वपीडितहरू भौँतारिन थालेको पन्ध्र वर्ष पुग्न लागिसक्यो ।”

मैले सोधेँ “न्याय माग्ने को हुन् ती ?” बलदेवले उत्तर दियो “ऊ नेपालको मानवाधिकार हो रे ।

मैले अर्को सुझाव दिएँ “मानव अधिकारकर्मी नेताहरू कहाँ जानू भनिदेऊ न ।” ”

त्यो पनि भनेको हो । उसले भन्यो कि – भेट भएन । कोही नेताको घर दैलो चहार्दै छ्न्, त कोही दातृसंस्थासँग सम्बन्धित दूतावास धाउन गएका छ्न् ।”

बलदेवलाई दिने कुनै उत्तर मसँग छैन । तपाइँसँग छ ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x