याेगीश कृष्णबलदेवलाई के जबाफ दिनू ? (२)
उसले भन्यो " दाजु, न उकताऊ न ! पहिले पहिले एमालेलाई भाइ काङ्ग्रेस भन्थे । अब स्थिति फरक भै सक्यो । अब एमाले दाइ कांग्रेस भयो । यो सब भदौ २४ गतेको चमत्कार हो ।"

याेगीश कृष्ण :
बलदेवले मध्य रातमा फोन गर्यो ” दाजु, दिमागमा एउटा कुरा कुलबुल गर्दै थियो अनि फोन गरेको ।”
” के भो त्यस्तो ?”
उसले भन्यो “नेपालको राजनीतिमा काया पलट भैसक्यो । जस्तो कुस्तीमा धोबीपाट लगाएर चिताङ्ग पार्छन् नि त्यस्तै भएछ । एमालेको काया पलट भयो ।”
ताल न सुरको कुरा सुनेर मलाई झर्को लाग्यो “भदौको अन्तिम सप्ताह धेरै काया पलट भयो, अनि के भयो त ?”
उसले भन्यो ” दाजु, न उकताऊ न ! पहिले पहिले एमालेलाई भाइ काङ्ग्रेस भन्थे । अब स्थिति फरक भै सक्यो । अब एमाले दाइ कांग्रेस भयो । यो सब भदौ २४ गतेको चमत्कार हो ।”
“कसरी ?”
“भदौ २४ गतेको जनसंहारको कारण ओलीले सत्ता छाड्नु पर्यो । आन्दोलनका कारणले गठित सरकारले छ महिनापछि आम निर्वाचन गर्ने घोषणा गर्यो । कांग्रेसले निर्वाचनको समर्थन गरेको थियो, एमालेले संसद पुनर्स्थापनाको माग गर्यो । अहिले आएर कांग्रेस पनि संसद पुनर्स्थापना को कुरा गर्न थालेको छ । एमाले जे भन्छ, कांग्रेस त्यही मान्छ । मतलब एमाले दाइ कांग्रेस भयो कि भएन अब ?”
बलदेवलाई के जबाफ दिनू ?
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































