साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महतारी

जिन्दगी सहजकाे पथ लान । नित्य खुल्छ उनमा अभियान।। हुन् उनी कहरकी भयहारी । खास हुन् सकलकी महतारी।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

फैलिँदा कठिनता अतिसार।।
गर्दछिन् स्थिर बनी व्यवहार।।
हुन्छ साेच जहिल्यै हितकारी ।
हुन् यिनी सकलकी महतारी।।१।।

हुन्डरी परिधिका पर फाल्दै ।।
कर्मले मृदुलतापन बाँड्दै।।
बन्दछिन् प्रतिपला मनकारी ।
पूज्य हुन् सकलमा महतारी।।२।।

सृष्टिकी जग यिनीसित खास।
छन् उदार नतिजा अति रास ।।
ज्ञानगम्य गुणले उपकारी।
बन्दछिन् सकलमा महतारी ।।३।।

रूप छन् रहरिला अति धेर ।
बालिका र वनिता कतिखेर ।।
बन्दछिन् पछि वधू अवतारी।
अन्त्यमा पद लिने महतारी।।४।।

जिन्दगी सहजकाे पथ लान ।
नित्य खुल्छ उनमा अभियान।।
हुन् उनी कहरकी भयहारी ।
खास हुन् सकलकी महतारी।।५।।

०००
साेह्रखुट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x