फित्काैली डटकमडा. तुलसीप्रसाद भट्टराईलाई ‘व्यथित साहित्य सम्मान’ अर्पण
कृष्ण सुवेदी "भारद्वाज मित्र"द्वारा सहजीकृत यो कार्यक्रममा साहित्य सदन नेपालका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेल सभानायक र सुपरिचित पत्रकार,साहित्यकार रोचक घिमिरे प्रमुख आमन्त्रित रहनुभएको थियो ।

काठमाडाैं, २०८२ कार्तिक २८ । साहित्य सदन रामहिटीमा डा. तुलसीप्रसाद भट्टराईलाई यस वर्षको व्यथित साहित्य सम्मान अर्पण गरिएको छ । यसै कार्यक्रम मा स्रष्टा त्रिलोचन आचार्यद्वारा लिखित “अविश्रान्त” महाकाव्यको लोकार्पण पनि भएको छ ।
कृष्ण सुवेदी “भारद्वाज मित्र”द्वारा सहजीकृत यो कार्यक्रममा साहित्य सदन नेपालका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेल सभानायक र सुपरिचित पत्रकार,साहित्यकार रोचक घिमिरे प्रमुख आमन्त्रित रहनुभएको थियो ।
यो कार्यक्रममा , शान्ता मानवी, जीवेन्द्रदेव गिरि, तुलसीप्रसाद भट्टराई , सुधा भट्टराई, देवी नेपाल, त्रिलोचन आचार्य, रामप्रसाद पन्त, जगत् प्रकाश उपाध्याय, शार्दूल भट्टराई, पुरुषोत्तम सिग्देल , गोविन्द घिमिरे वेदमणि, परशुराम पराशर, महेन्द्र चालिसे, निबन्ध आचार्य, राजेन्द्र गजुरेल, देवी क्षेत्री दुलाल, मित्रलाल पंगेनी आदि विशेष आमन्त्रित हुनुहुन्थ्यो ।
विमल अर्याल, वसन्त रिजाल, गीता त्रिपाठी, माधवलाल श्रेष्ठ, कोषराज न्यौपाने, एन बी जनकपुरी, राजेशमान केसी, खोलाघरे साहिंलो गोविन्दराज भट्टराई, अञ्जना वस्ती, नरेन्द्रराज पौडेल, चन्द्रप्रसाद न्यौपाने, डिल्लीरमण सुवेदी, ओमप्रसाद कोइराला, आलोक चालिसे, कल्पना भट्टराई, निर्मलरमण पराजुली,बिपी इलामे, सञ्जय सोती, सुनिता बुढाथोकी, रामकुमार पण्डित क्षेत्री, मिसन अधिकारी, ध्रुव थापा पुरुष, गङ्गाप्रसाद भेटवाल लगायत सयभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
मित्रलाल पंज्ञानीले स्वागत मन्तव्य दिनुभएपछि जीवेन्द्रदेव गिरिले सम्मानित व्यक्ति डा. तुलसीप्रसाद भट्टराईको परिचय प्रस्तुत गर्नुभयो र विमल अर्यालले सम्मानपत्र वाचन गर्नुभयो र नगद रु ३० हजारका साथ डा. तुलसीप्रसाद भट्टराईलाई सम्मान अर्पण गरियो । यसको लगत्तै सुनिता बुढाथोकीले व्यथितको एउटा कविता पाठ गर्नुभयो ।
यसपछि त्रिलोचन आचार्यको ‘अविश्रान्त’ महाकाव्यको सामुहिक लोकार्पण भयो । डा. देवी नेपालले अविश्रान्त महाकाव्यमाथि प्रकाश पार्नुभएको थियो ।
०००
खाेलघरे साहिँलाेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































