साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरहवामा मनाइयाे ११७ औँ महाकवि देवकोटा जयन्ती

संस्थाका अध्यक्ष डिल्लीराज भट्टराईकाे अध्यक्षता र सिद्धार्थनगर नगरप्रमुख इस्तियाक हुसैन खानकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एउटा संस्था र दुई जना स्रष्टालाई पुरस्कृत पनि गरियाे ।

Nepal Telecom ad

भैरहवा, २०८२ कार्तिक २७ । सिद्धार्थ साहित्य परिषद् सिद्धार्थनगर भैरहवाले आफ्नै भवनमा महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे ११७ औँ जन्मजयन्ती विशेष कार्यक्रम गरेर मनायाे ।

संस्थाका अध्यक्ष डिल्लीराज भट्टराईकाे अध्यक्षता र सिद्धार्थनगर नगरप्रमुख इस्तियाक हुसैन खानकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एउटा संस्था र दुई जना स्रष्टालाई पुरस्कृत पनि गरियाे ।

समाजसेवी ओमकार गाैचनद्वारा स्थापित पुरस्कार संस्थागत रूपमा श्री कमलापति गंगादेवी पन्थ स्मृति प्रतिष्ठानलाई, गंगा लिगल नारी स्रष्टा पुरस्कार सीता काफ्लेलाई तथा थम गुरुङद्वारा स्थापित स्रष्टा विजय पाण्डेलाई समर्पण गरियाे ।

लगभग सयजनाकाे उपस्थिति रहेकाे कार्यक्रममा एउटा कुराे एउटा कुराे अविस्मरणीय रह्याे । त्याे के भने मुस्लिम भएर पनि प्रमुख अतिथिले जुत्ता फुकालेर बत्ती बाले अनि महाकविकाे तस्वीरमा माल्यार्पण गरे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x