साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झरनाकाे ३२० औँ साहित्यिक शृङ्खला

झरना साहित्यिक परिवार मकवानपुरले ३२० औँ साहित्यिक शृङ्खला अन्तर्गत कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

Nepal Telecom ad

मकवानपुर, २०८२ कात्तिक २८ । झरना साहित्यिक परिवार मकवानपुरले ३२० औँ साहित्यिक शृङ्खला अन्तर्गत कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

बकैया गाउँपालिकाको १२ नम्बर वडा ठिङ्गनमा अवस्थित श्री कान्ति माध्यामिक विद्यालयमा रहेको झरना कान्ति बालसाहित्य समितिसितको सहकार्यमा झरना साहित्यिक परिवारले कार्तिक २८ गते शुक्रवार कार्यक्रम गरेको हो ।

शिक्षकहरु दिपकप्रसाद घिमिरे, हरिशरण न्यौपाने र झरनाका सचिव निलहरी ढुङ्गेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । झरना बालसाहित्य समितिका अध्यक्ष सुनिल न्यासुरको समाध्यक्षमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक जगत बहादुर घले हुनुहुन्थ्यो । सो कार्यक्रममा विद्यालयका अधिकांश शिक्षकहरुको उपस्थिति रहेको थियो ।

शिक्षक उमेश थापाले सहजीकरण गर्नभएको उक्त कविता प्रतियोगितामा सोही विद्यालयका कक्षा ८ ,९ र १० मा अध्ययनरत २९ जना प्रतियोगी र अन्य अप्रतियोगी व्यक्तिहरूको कविता वाचन भएको थियो ।

विद्यालयकै ६० जना भन्दा बढी विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको उक्त कार्यक्रमका प्रतियोगी कविहरूमध्ये अष्टिमाया गोले, समिर दहाल र डोल्मामाया न्यासुरलाई उत्कृष्ट र सनिशा घलानलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

समाध्यक्षबाट रचना वाचनसहित कार्यक्रम समापन गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x