साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोगी

सुविधा सम्पन्न घरमा लुसुक्क भित्रियो र मुसुक्क हाँस्यो तर त्यो हाँसोमा पीडाको धाउ लुकेको प्रस्टै देखिन्थ्यो बस ! भोलिदेखि ऊ त्यो घरको फगत कारिन्दा हुने छ मात्र आज्ञाकारी कारिन्दा ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

आफ्नो पसिना मिसिएको घरलाई
लात मारेर
ऊ जोगी बनेर घरबाट निस्कियो
निधारमा खरानी घस्यो , हातमा चिम्टा बोक्यो
लट्टा पाल्यो, अलख जगायो
घर घर चहार्‍यो
तर बुझ्यो ओत लाग्न त
जस्तै भए पनि एउटा झुप्रो त
चाहिने रहेछ
उसले खर परालको एउटा कुटी बनायो
तर महलमा बस्न बानी परेकालाई
कुटीले शीतलता दिन सकेन
पुरानै घरको यादमा
बेकारमा छोडिएछ घर भनी
भित्रभित्रै पश्चातापमा डुब्यो
अन्तत: ऊ फेरि
आफ्नो स्वाभिमान र गरिमालाई
दाउमा राखेर
शरणार्थी बन्न
अर्कैको रगतपसिनाले सिर्जना गरेको
सुविधा सम्पन्न घरमा लुसुक्क भित्रियो
र मुसुक्क हाँस्यो तर
त्यो हाँसोमा पीडाको धाउ लुकेको
प्रस्टै देखिन्थ्यो
बस ! भोलिदेखि ऊ त्यो घरको
फगत कारिन्दा हुने छ
मात्र आज्ञाकारी कारिन्दा ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x