साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवाह विदा र हनिमून प्याकेज

मेरो आवाज देशको आवाज बनेको छ । सुन्दैछु – कतिपय प्रान्तले नै मेरो तरिकालाई नीतिगत व्यवस्थामा लैजाने प्रयास गरेका छन् । धेरैतिरबाट मेरो बकबकलाई देशलाई नयाँ दिशा दिने तर्क भन्न थालेका छन् । म अचम्भित छु ।

Nepal Telecom ad

सञ्जय साह मित्र

अबुझहरुले चलाएको उखान हो – कहीँ नभएको जात्रा हाँडी गाउँमा । यस उखानले त हाँडीगाउँलाई हेपेको छ । आफ्‌नो ठाउँको राम्रोलाई पनि नराम्रो देख्ने उल्टो बुद्धिको परिचायक हो यो उखान । जदि अन्य देशमा भएको भे एस चलनलाई युनिक मानिन्थ्यो र एस्लाई पर्यटनको लागि विश्वमा प्रचार प्रसार गरिन्थ्यो । कहीँ नभएको प्रथा अर्थात् संसारमा एकमात्र जात्रा हाँडी गाउँमा ।
दुनियाँमा जे सुकै होओस्, आफूलाई राम्रो मान्ने र आफ्‌नो संस्कृतिलाई नराम्रो मान्ने हाम्रो विश्वप्रसिद्ध चरित्र हो ।

कैलेकाइँ मानिसको मनमा नयाँ विचार पनि आउँछ । जबदेखि स्थानीय सरकारको गठन भएको छ, अजीबोगरिब कामहरू भएको सुनिन्छ । आफ्‌नो पालिकालाई अरुभन्दा पृथक देखाउन राम्रो त गर्नैपर्‍यो । कतिपय पालिकाले आफन्तलाई नियुक्ति गर्नमा उदाहरणीय काम गरेका छन् भने कतिपय पालिकाले सबैभन्दा बढी आफन्तलाई समितिमा राखेर उत्कृष्ट काम गरेका छन् । कतिपयले विकास निर्माणको काममा सबैभन्दा बढी कमिसन लिएर सुनाम फैलाएका छन् भने कतिपय पालिकाले एउटै खाल्टोलाई कैयोँपटक पुरेर त्यसैमा माछापालन समेत गरेका छन् । यस प्रकारका अब्बल काम गर्ने पालिकाहरूबीच प्रतिस्पर्धा नगराएर प्रदेश सरकारले गल्ती गरेको छ । समयमै प्रतिस्पर्धा गराएर आफ्‌नो प्रदेशको नाम विश्वभर उज्यालो बनाउनु पर्छ ।

एउटा पालिकाको परिषद् उद्घाटन कार्जेक्रममा मलाई भाषण गर्ने निम्तो आयो । म पनि भाषणमात्र गर्ने नेताहरूकै देशको नागरिक हुँ । भाषण नगरे कसैले चिन्दै चिन्दैनन् । सोझो बोल्नेभन्दा भकभकेलाई एकैचोटिमा चिन्छन् सप्पैले । मलाई नि आखिर चिनाउनु छ आफैंलाई । भाषण गर्ने बेलामा पालिकालाई उत्कृष्ट बनाउन र अरुभन्दा पृथक बनाउन तथा सके देशले नै अनुकरण गर्ने कामको लागि सुझाव दिन भनिएको थियो ।

अरु केही गर्न नसके सुझाव दिन निकै सजिलो हुन्छ । हामी एकेक नागरिक सर्वोत्कृष्ट सुझावदाता छौँ । कैल्यै क्लासमा नगएकोले पनि पिएचडिलाई खोट लगाइदिने सामर्थ्य राख्दछ । पिएचडिलाई केइँ नबुझेको साबित गर्दिन्छ । कैल्यै इँटा नछोएकोले पनि विशिष्ट भवनविद्लाई गनेर हजारवटा खोट देखाइदिन सक्छ । हो, हामी खोट देखाउन, भाषण गर्न र सुझाव दिन विश्वका सबैभन्दा महान र सर्वगुण सम्पन्न महानागरिक छौँ । हुन त महानगरको नागरिक स्वतः महानागरिक भइहाले ।

यो पनि सत्य हो – गाउँमा बस्ने मानिस गाकरिक हुन्, नगरमा बस्ने नागरिक, उपमहानगरमा बस्ने उपमहानागरिक र महानगरमा बस्ने महानागरिक हुन् । हैसियत यसैबाट निर्धारित हुन्छ । गाकरिकले बोल्नै सक्दैनन् वा बोल्नै जान्दैनन् महानागरिकका अगाडि । गाकरिकहरु पनि महानागरिक बन्न चाहन्छन् तर महानागरिकहरु गाकरिक बन्न चाहँदैनन् । धन्न हाम्ले बठ्याइँ गरेर उपनागरिकको व्यवस्था गरेनछौँ ।

भाषण गर्न उभिएँ – भाषण गर्नु कुनै ठूलो कुरो होइन । कसैले सुने पनि नसुने पनि र बुझे पनि नबुझे पनि, ताली बजाए पनि, गाली बजाए पनि, भाषण गर्नेको मुख सिइएको हुँदैन । निमुखा कोही छैनौँ, मुख कसैको सिलाएको छैन अर्थात् जे मनमा आयो त्यहीँ बक्नु हाम्रो अधिकार हो । चाहिएको कुरो कैल्यै नबोल्ने र नानाथरि कुरो बोलिरहने भएर कक्षाबाट निकालिएको म बकबास दास थिएँ सानैमा । बकबक गर्न बोलाएपछि र बोल्ने मौका पाएपछि अधिकारको पर्योग गर्न थालेँ ।

मैले भाषण सुरु गरेकै छैन, पत्रकारहरु स्वयम्वरमा अर्जुनले माछाको आँखामा हेरेर हतियार सुसज्जित पारेजस्तै मतिर हेर्दै कापी, कलम, बोबाइल (बोलिरहने भएर बोबाइल न्वारन गरेको हुँ, सर्वसाधारणले यस्लाई मोबाइल पनि भन्छन्‌) सोझ्याउन थाले । मलाई सतर्क गराएका हुन् कि आफू सतर्क भएका हुन्, छानबिन आयोग गठन गरेपछि मात्र वास्तविकता बुझ्‌न सजिलो होला ।
बक्न सुरु गरेँ । के के बकें, मैलाई था छैन ।

द्रोपदी स्वयम्वरमा महाधनुर्धरहरू र महावीरहरू महातीर चलाउन नसकेजस्तै कुनै पनि पत्रकारले मेरो भाषणको कुनै शब्दलाई टिपेनन् । मलाई अलिकति पनि रिस उठेन ।

मेरो दिमागमा एउटा खुराफात जन्म्यो । भख्खर जन्मेको बच्चा रुन्छ । जन्मदात्रीलाई त्यो रोदनले सुखानुभूति दिन्छ ।
मैले आफ्‌नो भाषणमा नयाँ मोड ल्याएँ । मेरो बकबक युवायुवतीप्रति लक्षित हुन पुग्यो । मैले भनें – हाम्रो पालिकाले विवाह गर्ने कर्मचारीलाई बिदा दिनुपर्छ । विवाहको अघि र पछि गरी कम्तीमा दुई महिनाको बिदा दिनुपर्छ । विवाह गर्ने कर्मचारीलाई हनिमून प्याकेज उपलब्ध गराउनुपर्छ । कम्तीमा एक महिनाको दुई देशको हनिमून प्याकेज पालिकाले उपलब्ध गराउनुपर्छ । दुई महिनाको बिदा पाउने आशामा आफूलाई योग्य ठान्ने वा आफूले नोकरी नपाई बिहे गर्दिनँ भनेर प्रण गर्ने युवाहरुको संख्यामा वृद्धि हुन्छ । राज्यले तोकेको विवाहको उमेर नपुगी विवाह नगर्ने युवाहरुको संख्या बढ्नु भनेको जन्मदर घट्नु हो । अझ नोकरी पाउनको लागि अन्तर्वार्तामा कम्ती पाँच नम्बर अविवाहितलाई थपिदिने हो भने हाम्रो पालिका बालविवाहमुक्त हुन्छ । र, हाम्रो पालिकाले यो पनि थपोस् कि उमेर नपुगी बालबालिकाको विवाह गराउने अभिभावकको सम्पूर्ण सिफारिश र सबै किसिमको सुविधाबाट वञ्चित गरिनेछ भन्ने घोषणा गरौँ । जुन परिवारमा बालविवाह हुन्छ, त्यस परिवारलाई कमसेकम एकजोडीलाई दुई देश घुम्न अर्थात् हनिमून प्याकेजमा लाग्ने खर्च त्यही परिवारबाट असुलउपर गर्नुपर्छ जसले बालविवाह गराएको छ ।

होहल्ला पनि भयो, ताली पनि बज्यो । पत्रकारहरु पनि व्यस्त भए । सबै अस्तव्यस्त भयो । कार्यक्रमको अध्यक्षले हल्ला शान्त गर्ने प्रयास गरे तर झन् झन् बढ्न थाल्यो । एकै छिनमा पालिका प्रमुखलाई उपस्थित गराउनै पर्ने बाध्यता आयो ।

म माइकलाई छोड्न चाहेको छैन । माइक समातेपछि जो पनि ठूलो हुन्छ । अहिले मै ठूलो भएको छु । कतिपयले मेरै भाषण अझ सुन्न हल्ला गर्दैछन् ।

प्रमुखजी अगाडि आउँछन् र युवाहरुतिर फर्केर बक्छन् – म भाषण गर्ने युवासित सहमत छु । प्रत्येक युवा जो उमेरपछि विवाह गर्छन्, उनलाई कमसेकम एक देशको भ्रमण गर्ने व्यवस्था मिलाउँछु । जसले बालविवाह गराउँछ, उसका अगुवाहरुसमेत जरिवाना तिर्छन् ।
अखबार र टेलिभिजनहरुले मात्र होइन, इन्टर्नेटहरुले पनि मेरो फोटो प्रकाशित गरे । मेरो बकबकलाई सबै मिडियाले दिनुसम्म प्राथमिकता दिए । सामाजिक सञ्जालमा त म हिरो नै भइहालेँ ।

मेरो आवाज देशको आवाज बनेको छ । सुन्दैछु – कतिपय प्रान्तले नै मेरो तरिकालाई नीतिगत व्यवस्थामा लैजाने प्रयास गरेका छन् । धेरैतिरबाट मेरो बकबकलाई देशलाई नयाँ दिशा दिने तर्क भन्न थालेका छन् । म अचम्भित छु । मेरो भाषणले मलाई ठूलो मान्छे बनाएको छ ।
यसै विषयमा सबैतिर स्पष्टीकरण दिइरहन म अहिले व्यस्त छु ।

०००
राैतहट
व्यङ्ग्यम (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
असली मित्र

असली मित्र

सञ्जय साह मित्र
जुँगा

जुँगा

सञ्जय साह मित्र
नाकको रहस्य

नाकको रहस्य

सञ्जय साह मित्र
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
आधा सत्य आधा भ्रम – ४४

आधा सत्य आधा भ्रम...

अर्जुन दाहाल (क)
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x