साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेताल छ

घोचको खेलले शान्ति जो रोक्दछ पेचिलो शब्दले शत्रुता बोक्दछ दृष्टिमा लोभको मोहको राल छ हुस्सुका सोचका चाह बेताल छ ।।

Nepal Telecom ad

प्रकाश अर्याल :

देख्नमा धीर त्यो भित्र आघात छ
रश्मिको खोजमा शून्यता रात छ
लोकका सामुमा धाँधली चाल छ
आँशुका पोखरी दर्द आहाल छ ।।

लाभको तालमा जोखना हेरिने
शक्तिको आडमा फैसला फेरिने
ढाेंगका बातका जाल जञ्जाल छ
फोहरी खेलका भिन्न सञ्जाल छ ।।

देशको हैन है व्यक्तिको स्वार्थ छ
सत्यको कल्पना गर्नु त्यो व्यर्थ छ
ज्ञानका टोकरी दूर बेहाल छ
झेलका बार्दली झाँक्न कोटाल छ ।।

शास्त्रको भावमा बज्रको तोड छ
धैर्यको बाँध त्यो भत्किने जोड छ
बाघको खालमा स्यालको जाल छ
भाँडिदो एकता तर्सिने छाल छ ।।

घोचको खेलले शान्ति जो रोक्दछ
पेचिलो शब्दले शत्रुता बोक्दछ
दृष्टिमा लोभको मोहको राल छ
हुस्सुका सोचका चाह बेताल छ ।।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x