नन्दलाल आचार्यभरोसाको व्यापार
मायाले प्रेमपूर्वक सुझाव दिइन्, "कमिसनले क्षणिक नाफा दिन्छ, नाम भने गुम्छ । तर इमान चलाउनुभयो भने, तपाईंको व्यापार र देश दुवै चम्किन्छ ।

नन्दलाल आचार्य :
[सन्दर्भ- भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, डिसेम्बर ०९]
”रमेशजी, आजको बिल… यत्तिमै मिल्यो कि ‘सहयोग’ पनि बुझियो ?” निरीक्षक माया काउन्टरछेउमा अडिइन् । उनको आवाजमा कुनै कडाइ थिएन, केवल गहिरो प्रश्न थियो ।
रमेश हडबडाए । सानो खाम अगाडि सार्दै गुनगुनाए, “म्याडम, बजार त चलाउनै पर्यो । यो ‘थप सहयोग’ त यहाँको चलन हो, नत्र व्यापारै डुब्छ ।”
मायाले खाम छोइनन् । सिधा आँखामा हेरेर भनिन्, “व्यापार लेनदेनले चल्छ, डरले होइन । यो खाम तपाईंको ग्राहकको अटुट भरोसा च्यातेर बनाएको कागज हो ।”
रमेशको अनुहार अँध्यारो भयो । पसलका सुनका गहना चम्के पनि उनको विवेकको चमक हरायो ।
मायाले प्रेमपूर्वक सुझाव दिइन्, “कमिसनले क्षणिक नाफा दिन्छ, नाम भने गुम्छ । तर इमान चलाउनुभयो भने, तपाईंको व्यापार र देश दुवै चम्किन्छ । याद राख्नुहोस्, आज तपाईंले खाम बचाउन खोज्नुभयो, भोलि त्यही खामले तपाईंको पसलको भविष्यलाई गाडिदिन्छ ।”
रमेशले गहिरो सास लिए। उनले तुरुन्तै त्यो सानो खाम च्याते । इमानको त्यो क्षणभरको निर्णयले उनको मनमा एउटा नयाँ प्रकाश छर्दै गयो ।
मायाको वाणी उनको हृदयमा स्थिर बस्यो, “दीर्घकालीन व्यापार त ग्राहकको अटुट भरोसाले मात्र बच्छ ।”
०००
२०८२ मङ्सिर २३ गते ।
Subscribe
Login
0 Comments
Oldest








































