साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भरोसाको व्यापार

मायाले प्रेमपूर्वक सुझाव दिइन्, "कमिसनले क्षणिक नाफा दिन्छ, नाम भने गुम्छ । तर इमान चलाउनुभयो भने, तपाईंको व्यापार र देश दुवै चम्किन्छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

[सन्दर्भ- भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, डिसेम्बर ०९]

​”रमेशजी, आजको बिल… यत्तिमै मिल्यो कि ‘सहयोग’ पनि बुझियो ?” निरीक्षक माया काउन्टरछेउमा अडिइन् । उनको आवाजमा कुनै कडाइ थिएन, केवल गहिरो प्रश्न थियो ।
​रमेश हडबडाए । सानो खाम अगाडि सार्दै गुनगुनाए, “म्याडम, बजार त चलाउनै पर्‍यो । यो ‘थप सहयोग’ त यहाँको चलन हो, नत्र व्यापारै डुब्छ ।”

​मायाले खाम छोइनन् । सिधा आँखामा हेरेर भनिन्, “व्यापार लेनदेनले चल्छ, डरले होइन । यो खाम तपाईंको ग्राहकको अटुट भरोसा च्यातेर बनाएको कागज हो ।”

​रमेशको अनुहार अँध्यारो भयो । पसलका सुनका गहना चम्के पनि उनको विवेकको चमक हरायो ।

​मायाले प्रेमपूर्वक सुझाव दिइन्, “कमिसनले क्षणिक नाफा दिन्छ, नाम भने गुम्छ । तर इमान चलाउनुभयो भने, तपाईंको व्यापार र देश दुवै चम्किन्छ । याद राख्नुहोस्, आज तपाईंले खाम बचाउन खोज्नुभयो, भोलि त्यही खामले तपाईंको पसलको भविष्यलाई गाडिदिन्छ ।”

​रमेशले गहिरो सास लिए। उनले तुरुन्तै त्यो सानो खाम च्याते । इमानको त्यो क्षणभरको निर्णयले उनको मनमा एउटा नयाँ प्रकाश छर्दै गयो ।

मायाको वाणी उनको हृदयमा स्थिर बस्यो, “दीर्घकालीन व्यापार त ग्राहकको अटुट भरोसाले मात्र बच्छ ।”

०००
२०८२ मङ्सिर २३ गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
बाजी

बाजी

नन्दलाल आचार्य
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x