साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनको मात र मान्छे

छाड्‌दैनन् अब एक एक रुपियाँ गन्दै बसेका सब भ्राता हुन् र पिता सगोल घरको धस्दो खरीझै तब भित्री दाँत चपाउने पनि त हो देखाउने बाहिर पैसाका हकमा अनेक लफडा चातुर्यमा माहिर ।

Nepal Telecom ad

प्रकाश अर्याल :

पैसा ऐस छ यो अनेक झटका झेली र लुच्चा कुरा
न्यानो बैंस बनेर नग्न रमिता घोकेर झुम्दै सुरा
गर्दछन् मदमत्त भै जगतमा दुश्कर्म त्यो सङ्गिन
कस्तो आड र शक्ति साख धनको वेला सँधै र‌ङ्गिन ।।

मर्यादा पनि नाघ्छ मानिस यहाँ मान्दैन कैले धक
लोभिन्छन् धनमालको पछि हुँदै झुक्दो जसै सेवक
तृष्णाको भुमरी निरन्तर सँधै पालेर बस्दोछ ऊ
आफै अन्तिममा प्रलोभ धनले बेकार खस्दोछ ऊ ।।

सीमा छैन यहाँ थुपार्न धनको बेचैन कस्तो भन
लाखौँले नपुगी बिसेक नहुने रोगी भएको मन
थैली बाँध्छ सँधै कसेर गुठुरी बेफिक्र भै हाँस्दछ
के गर्यो धनको समाज हितमा सन्तानमै साँच्दछ ।।

लाजै हुन्न घमण्ड धूर्त तिनको दुर्गन्धले ग्रस्त छन्
कैयौँ दौलतका अयाह ढुकुटी लुट्दै खुबै मस्त छन्
छाँट्दै भाषणमा अलाप तगडा कुर्लेर ती गर्दछन्
आफू फस्न गए निरीहपनले खुट्टा तिनै मल्दछन् ।।

छाड्‌दैनन् अब एक एक रुपियाँ गन्दै बसेका सब
भ्राता हुन् र पिता सगोल घरको धस्दो खरीझै तब
भित्री दाँत चपाउने पनि त हो देखाउने बाहिर
पैसाका हकमा अनेक लफडा चातुर्यमा माहिर ।।

मर्दामा धन साथ साथ मनुवा बोक्नै कहाँ पाउँछ ?
रित्तो हात सँगै समस्त दुनियाँ छाडेर अस्ताउँछ
निष्ठापूर्वक नै रहेर भवको संस्कार त्यो बेर्नुछ
आत्मा स्वच्छ बनाइ सास सुखको सम्पूर्णले फेर्नुछ ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x