साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहस !

"साहस = साकार, हर्क, सहदेव" यी तीन महावीर पुनजस्ता, कुलमान घिसिङ्गजस्ता, प्रोफेसर जगमोहन आजादजस्ता,देशप्रेमी "जिनियस" हरूको रोडम्याप हो । हामी काममा विश्वास गर्छौं । अरूलाई आरोप लगाएर समय वर्वाद गर्दैनौं ।"

Nepal Telecom ad

धनराज गिरी :

अति राजनीतिक हस्तक्षेपले गर्दा क्याम्पसमा पढाइ बिथिलोयो। एउटा अफ़्रिकी विद्यालयको सूचना पाटीमा लेखिएको थियो, “कुनै मुलुकलाई तहस नहस बनाउनुछ भने त्यहाँको विश्वविद्यालयलाई तहसनहस बनाउनू !” यो कुरा साकारनारायण गिरोपाध्यायले सामाजिक सञ्जालमा पढेको थियो। आफ्नो साथी हर्क साम्पाङ्ग धरानोपाध्याय आलोकलाई र सहदेवनारायण विवेकीलाई सुनायो।

“हामीले केही गर्नुपर्छ।” हर्क बोल्यो। हर्क अलि झोक्की र मनमा लागेको कुरा भनिहाल्ने।” एक्लै एक्लै केही गर्न सकिन्न। अलि अनुशासनमा बसेर पढ्न चाहनेहरूको समर्थन लिनुपर्छ। एउटा रोडम्याप बनाउनुपर्छ ।” साकार बोल्यो। उसको गणितीय दिमागले अनेक नयाँ नयाँ आइडियाहरू जेनेरेट गर्दछ।

“यो सहदेवको साथ रहने छ। यसमा भित्र भित्र असल समाजसेवीहरूको पनि सहयोग लिनुपर्छ।” कुरा मिल्यो । योजना बन्यो। छ महिनामा आमूल परिवर्तन । समितिले सम्पूर्ण विद्यार्थी संघसंगठन खारेज गर्यो। देशले पनि “नेपालवादी बहुमुखी क्याम्पस, यूटोपियानगरको” अनुयायी बनेर सम्पूर्ण संघसंगठनहरू खारेज गर्यो ।

शिक्षक, प्राध्यापक, कर्मचारीहरूलाई ठोकेर काम लिने अनुगमन समिति बन्यो, आयो गयो, होइन, आयोग नै बन्यो, देश जोगाउने ! विदेशी पत्रकारले प्रधानमन्त्री “प्रोफेसर दिग्विजयराज विश्वकर्मा गिरोपाध्यायलाई” सोध्यो, “यत्रो साहस कहाँबाट आयो ?”

“साहस !” यो शब्द सुनेर प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार प्रोफेसर धनराजेश्वर परियार बाहुनोपाध्याय सुमेधाश्री मुस्कुरायो, र भन्यो, “साहस = साकार, हर्क, सहदेव” यी तीन महावीर पुनजस्ता, कुलमान घिसिङ्गजस्ता, प्रोफेसर जगमोहन आजादजस्ता,देशप्रेमी “जिनियस” हरूको रोडम्याप हो । हामी काममा विश्वास गर्छौं । अरूलाई आरोप लगाएर समय वर्वाद गर्दैनौं ।” समाचार, “साहस ” को भाइरल भयो।

“गरे,किन हुन्न राम्रो !” सम्पूर्ण किताबमा, रमेश प्रभातको टिप्पणी । भानुप्रसाद उपाध्याय मायालु र भास्कर जमरकटेल गुरुले समर्थन जनाए। देश, विनोदी गुरुको छन्द कविताजस्तै भयो, पर्या जोगाएर, कमाल गरियो, विजय हितान र सुकरात गुरुको योजनामा ! “दाजु,साहस कस्तो लाग्यो ?” गोपीको प्रश्न, गुरु गोविन्दलाई। “जरा जोर से भाइ ! साँढे बाइस होइन,भुस पनि होइन, वनमारा पनि होइन। गज्जब छ ! आशीर्वाद मेरो बत्ती, मेरो गोपी, लगाऊ टोपी, गाऊ गजल, मुख छोपी, सोफिया र कोपिलालाई सम्झिएर,नयाँ मुलुकमा !”

गुरु दमकश्री, लीला गर्दै, डेरिडा बनेर, सम्पूर्ण धरावासीको हितमा। “अक्षत पर्या !” गुरुको योजना र साहस ! कथा सकियो।

०००
हाल- क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x