साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ कहाँ भविष्य ?

सद्भाव चेत अभिभावकमा कहाँ छ उब्जा उही छ उसरी बिउ जो जहाँ छ चल्दैन फूल नफुली जगमा सुवास रोपे त बीज गतिलो फल हुन्छ आस ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

सङ्लो छ या त धमिलो नबुझी बहन्छ
मात्रै विरोध पथमा दगुरी रहन्छ
नेतृत्वनिम्ति उसको छ कहाँ भविष्य ?
बुझ्दैन के छु म स्वयम् छ कसो रहस्य ?

मात्रै प्रलाप यिनका छ कि चाहनामा
हैनन् कुनै युगविशे गुरुयोजनामा
छैनन् कुनै युवक यी गहिराइसम्म
पाएन वृद्ध मतमा म सिकूँ अचम्म

सोचाइ छैन न कतै छ बुझाइ नव्य
हिँड्दै असभ्य पथमा कुन खोज्नु सभ्य
गालीगलौजविनुको न कुनै निकास
जेन्जीहरूसँग कहाँ अब होस् विकास

सद्भाव चेत अभिभावकमा कहाँ छ
उब्जा उही छ उसरी बिउ जो जहाँ छ
चल्दैन फूल नफुली जगमा सुवास
रोपे त बीज गतिलो फल हुन्छ आस

अज्ञान किन्तु मनले सहँदैन मान
होस् योजनासहितको नमुना र सान
विज्ञान हो प्रविधिको गुणको अकास
सच्ज्ञान छैन मनमा छ कहाँ प्रकाश ?

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x