साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यात्रा

म अचम्भित हुँदै जान्छु तपाईं पनि जानू सोल्टिनी एक्लै सम्झन्छु म तपाईं के सम्झनु हुन्छ ? यात्रा हो सोल्टिनी जिन्दगी सम्झिनेलाई सम्झिनु बिर्सनेलाई पनि बिर्सेर सम्झनु यहि त जीवन यात्रा ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

उदेक भो नि सोल्टिनी ज्यु
यात्रा हो खुसी त हुनै पर्छ
बारुलाको गोला पनि होइन
माहुरिको घार पनि होइन
तिनजनाको सिट हो
पाँचजनाकोको बसाईं
गन्तव्य त अलग हो सोल्टिनीज्यू
सोल्टिनी कहाँको
म कहाँको
तर यात्रा एउटै जुर्यो
बस्नु मेरो काखमा
म थाम्छु
आखिर के छ र जिन्दगिमा

सर्त त ठिकै हो सोल्टिनी
काखमै बसेपछी
हात कता कता जान खोज्छ
तर,
शर्त हाम्रो
कम्मरमाथि हात नलाने
मुनि पनि हात नलाने
शर्त त कानून भन्दा माथी हो
दुवैले मानेकै हो
तर घच्चमच्चमा हात झुक्कियो
तपाइको पनि त जोश झुक्कियो
मेरो पनो होस झुक्कियो
जोश र होस झुक्किएपछि
पसिना पनि बगेकै हो सोल्टिनीज्यू
जाडो भए पनि गर्मी जस्तो
गर्मी भए पनि कामेजस्तो ।

आखिर यात्रा त हो जिन्दगी
छुट्टिन चाहेकै हो
तपाईं र मैले पनि
तर मन किन किन लेपासियो
धामीको लिसो पासो जस्तो
अस्विकार भित्रको स्विकार
कति मिठो
मह नै पो हो कि ?
कि भोकको जेरि स्वारी जस्तो ।

तपाईंले पनि चाहेको होइन
मैले पनि चाहेको होइन
तर मन चाहेन होला सोल्टिनी छुट्टिन
र त आज
खोइ के भो के भो
म अचम्भित हुँदै जान्छु
तपाईं पनि जानू सोल्टिनी
एक्लै सम्झन्छु म
तपाईं के सम्झनु हुन्छ ?
यात्रा हो सोल्टिनी जिन्दगी
सम्झिनेलाई सम्झिनु
बिर्सनेलाई पनि
बिर्सेर सम्झनु
यहि त जीवन यात्रा ।

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x