गाेपेन्द्रप्रसाद रिजालयात्रा
म अचम्भित हुँदै जान्छु तपाईं पनि जानू सोल्टिनी एक्लै सम्झन्छु म तपाईं के सम्झनु हुन्छ ? यात्रा हो सोल्टिनी जिन्दगी सम्झिनेलाई सम्झिनु बिर्सनेलाई पनि बिर्सेर सम्झनु यहि त जीवन यात्रा ।

गोपेन्द्रप्रसाद रिजाल :
उदेक भो नि सोल्टिनी ज्यु
यात्रा हो खुसी त हुनै पर्छ
बारुलाको गोला पनि होइन
माहुरिको घार पनि होइन
तिनजनाको सिट हो
पाँचजनाकोको बसाईं
गन्तव्य त अलग हो सोल्टिनीज्यू
सोल्टिनी कहाँको
म कहाँको
तर यात्रा एउटै जुर्यो
बस्नु मेरो काखमा
म थाम्छु
आखिर के छ र जिन्दगिमा
सर्त त ठिकै हो सोल्टिनी
काखमै बसेपछी
हात कता कता जान खोज्छ
तर,
शर्त हाम्रो
कम्मरमाथि हात नलाने
मुनि पनि हात नलाने
शर्त त कानून भन्दा माथी हो
दुवैले मानेकै हो
तर घच्चमच्चमा हात झुक्कियो
तपाइको पनि त जोश झुक्कियो
मेरो पनो होस झुक्कियो
जोश र होस झुक्किएपछि
पसिना पनि बगेकै हो सोल्टिनीज्यू
जाडो भए पनि गर्मी जस्तो
गर्मी भए पनि कामेजस्तो ।
आखिर यात्रा त हो जिन्दगी
छुट्टिन चाहेकै हो
तपाईं र मैले पनि
तर मन किन किन लेपासियो
धामीको लिसो पासो जस्तो
अस्विकार भित्रको स्विकार
कति मिठो
मह नै पो हो कि ?
कि भोकको जेरि स्वारी जस्तो ।
तपाईंले पनि चाहेको होइन
मैले पनि चाहेको होइन
तर मन चाहेन होला सोल्टिनी छुट्टिन
र त आज
खोइ के भो के भो
म अचम्भित हुँदै जान्छु
तपाईं पनि जानू सोल्टिनी
एक्लै सम्झन्छु म
तपाईं के सम्झनु हुन्छ ?
यात्रा हो सोल्टिनी जिन्दगी
सम्झिनेलाई सम्झिनु
बिर्सनेलाई पनि
बिर्सेर सम्झनु
यहि त जीवन यात्रा ।
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































