साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जादूको मिटर !

तर घर नबने पनि ग्यासचुलो र मिटर फिट हुने कुराले खुशियालीको साँधसीमा रहेन । हुन त चाँडै हुन्छ भनिएको थियो तर हुँदै नहुने त्यो मिटर फिट पो कहिले हुने हो ठेगान भएन ।

Nepal Telecom ad

नरेन्द्रराज पाैडेल :

जादूको छडी भन्ने त तपाइँ हामी सवैले उहिल्यैदेखि सुन्दै आएकै हो । यो कस्तो हुन्थ्यो, यो छडीले के गथ्र्यो अनि के चैं गर्दैनथ्यो भन्ने बुझिन धेरथोर प्रयास पनि भएकै हो । अलिअलि अर्थ वा अनर्थ लगाउने काम पनि चल्दै आएकै हो । आफ्नै लागिमात्र राजनीति गर्ने यो देशका हुतिहाराहरूले आआप्mना अक्षमता र अल्छी पामरपनका दुला भड्खारा लुकाउन पनि यो मुहावरा ठाउँ कुठाउँ प्रयोग गरीआएका हुन् त ? देशको साख सम्पदा किन वरवाद भयो भन्ने प्रश्न गर्दा आपूmसँग तत्काल प्रयोगमा ल्याउने जादूको छडी हातमा न भएकोे सजिलो जवाफ ती असजिला मान्छेबाट पाउन थालिएको उहिल्यैदेखि हो ।

जादूको मिटर भन्ने चैं यो छिपाको हल्लाले पछ्याउने उर्वर नेपालमा हालसालैमात्र चल्न थालेको पहिलो मौलिक बखान परेछ कि क्या हो ? खै उतिसारो सुन्न पाइएको त थिएन पो । अझ यसलाई उखान पनि नभनौं कि । छिमेकी मित्रले इन्धन ग्यासमा नाकाबन्दी लगाएपछि चालु हुन आएको चटपटे स्वादले भरिएको झटपटे जनतामार्का कार्यकम परेछ कि क्या हो यो । हुन त लाटो देशमा गाँडो तन्नेरी भन्ने पुरानो उखान कायमै छ । भए पनि सबै भाइलाटाहरू बूढा नभई गाँडो दाइ तन्नेरी हुनु पनि अलि अडमिल्दो कुरा त लाग्ने नै भयो । अझ अशक्त अदनामाथिको बेमानी र सुधासादा सन्तानमाथि दुच्छर चरित्रको चरम हेपाइ हो त भन्नै परेन,आँखाकै इसाराले बुझिमात्र दिए पुग्ने भयो । अझ सभ्य भनाउँदा टाठाबाठाले पनि यही व्यवहार गर्दैरहनु पनि त चलनचल्तीको बलमिच्याइँ नै भन्नुपर्छ । तर गर्दाभन्दा पर्दोरहेछ यस्तै अभर ।

कसकसको प्लान आदेश निर्देशन के कसो थियो कुन्नि ! आफूले जे भने पनि जे गरे गराए पनि पत्याउने विश्वासको झुँगालोले झिँगोलेका देश डुबाउने घरढेडुको दिवास्वप्नले के उखपात गरेछ यो? एक दिन बिहानै तीनहाते जगल्टामार्का जुल्फीमाथि छातेटोप घोप्ट्याएर गगल्स ढल्काएको पछाडि रुक्साक भिरेको मिटरे टोली जापानी वाइक घुइँक्याउदै इन्द्रचोक, साँखु भक्तपुर र चाँगुतिरका भूकम्पभग्न टोलमा पालैपालो छिरेछ । भत्किएका घरका छिँडी र गल्लीहुँदो त्रिपालमा आश्रय लिएका बरबादीका शिकार जनता भेला गरेर सबैभन्दा टठिलो देखिने टोलीनाइके चैंले भनिदियो-

“अझै तपाइँहरूले सरकारले घरघरै आएर आफ्ना चुलामा खाना बनाउने ग्यास जोडिदिएको पाउनु भएन ? अ हो कति दुखद खबर । ठिक छ । यतिसम्मलाई सहनै थियो सहनु भयो । अव ती दिन गए । यी दिन आए । अर्थात् अब हामी आयौंँ । हामी आउनुको प्रयोजन पनि तपाइँहरू बुझिहाल्नोस् कि अब छाप्रा, त्रिपाल र घरघरमा ग्यासको सप्लाइ मिटर जडान हुन्छ । बाहिर चौबाटामा भण्डारण गरिएको ग्यास सेन्टरबाट पाइपको बाटो सीधै चुलोमा ग्यास आइपुग्छ । यसको लागि हामीले वरपर जडान गर्ने पाइपबाट भित्रभित्रै ग्यास छिरेपछि तुरुन्तै मिटर पनि फन्का मार्न थाल्छ । अब सम्झीलिउँ कि भोलि पर्सिदेखि नै सवैका चुला ह्वारह्वार्ती । भात गुजुगुजु, दाल तिहुन स्याँइय स्याँइय, तरकारी झ्याँइय, दूध भकभकी । देख्तै तपाइँहरू आफैं भन्नु हुनेछ “ए रात्तै के उत्पात हो त हुन पनि ।” स्टोभमा मट्टितेल भरेझैं चुलाको भित्री दुलामा ग्यास भर्ने झञ्झट पनि नाइँ । बजार बन्दको बेला भीडको पछि लागेर म्यारथून दौड लगाउँदै गर्दा पनि ग्यालेन सिलिन्डर केही बोक्नु नपर्ने ।”

टोलीको मीठो पस्तुतिले निस्ताएका भोका जनता सवै परे दङ्दास । कतैबाट कसैको मनमा पसेन त्यो सबै हो बकबास ।
“अनि त्यो पाइपमा ग्यास चैंं कताबाट हुल्ने त पर्भो ?” सोधनी भयो गुठियार बाको ।
“कताबाट हुल्ने अब ? यो छेउबाट हुल्ने त्यो छेउबाट मिटरमा जोड्ने । मिटर स्याइँस्याइँ । चुला ह्वारह्वार । कस्तो कुरा नबुझेको ।” मिटरेटोली बोलीको भोलूम बढाउँदै बढी नै घमण्ड देखाएर जङ्गिएछ ।
“हैन ग्यास चै कहाँ बन्छ अनि कहा रहन्छ भनेको ?” अबूझ जनता मान्छे बुझ्ने प्रयत्नमा प्रश्न गर्दै थिए । तर यतिबेर भने मिटरेटोली जङ्गिनुसम्मै जङ्गियो र भन्यो—

“हँन, कस्तो नबुझ्या तिमीहरूले । जनता हौ कि जनार्दन हौ तिमारू ? यस्तै अबुझ भएर नै देशमा त्यति ठूलो भूकम्प आएको । यदि सुझबुझ वाला भैदिएको भए त्यति ठूलो भूकम्प आउने नै थिएन । आइहाले पनि बारम्बार दोहोरिने थिएन । वाँदरले रुख हल्लाएर जिस्क्याए झैंं त्यो मूले भूकम्प भनाउँदाले बारम्बार जमिन हल्लाएर पाखा पहरा थर्काउने थिएन । तिमारुलाई हर्काउने थिएन । यदि थर्काइहाले पनि एक पटक थरर पारेर झाँगुलझुँगुल बनाउथ्यो अनि चट्ट छाडेर सट्ट पाखा लाग्ने थियो । जापानमा भूकम्प गयो, चीन भारत जताततै भूकम्प गयो । तर यसरी बारम्बार थर्काएर वर्षैभरी तर्साउने काम खै कहाँ भयो त ?”

उपदेश सुन्दै जनता वाक्कब्याक्क थिए । मुखियाजस्ता देखिने बृद्धले भने— “अरु सबै कुरा छोडेर भनिदेऊ सर, त्यो ग्यास चैंं कहाँ बन्छ ? कताबाट ल्याउँछौ अनि कहाँ जम्मा गरेर हाम्रो चूलोमा हुलीदिन्छौ ? प्रश्नले आगन्तुक टोलीको ध्यान खिच्यो । टोलीनेताले क्यापमुनि तेर्सिएको गगल्स मिलाउदै भने-

“ग्यास कहाँ बन्छ ? यो पनि कुनै प्रश्न हो ? कहाँ बन्छ भन्नु अब तिमारूलाई मैले ? यत्ति जाबो कुरो पनि बताउनु पर्ने कस्ता अबूझ परानी हौ तिमारू ? पृथ्वी माताका भार । ग्यास त्यहाँ बन्छ, यहाँ बन्छ, उता बन्छ त्यता बन्छ । ग्यास फोहरमा बन्छ । सुग्घरमा बन्छ । दिशा पिसाव ढल नाली धारा कुवा खोला पहिरा जहाँतहिँ बन्छ । ग्यास आकाशमा बन्छ पातलमा बन्छ । पृथ्वीको गर्भमा बन्छ । धर्तीको सतहमा बन्छ । सिमसारमा बन्छ, भिरपाखा र पखेरामा बन्छ । अझ सजिलै प्राप्त गर्ने हो भने ग्यास तिम्रो हाम्रो अन्नपानीको देहीमा पनि बन्छ । दिनभरि खाली रहेको पेटमा बन्छ । तिमारूले गर्ने दिशामा बन्छ । पिसाबमा बन्छ । कहाँ चैं बन्दैन ग्यास ? ती सबै खाले ग्यासको उपयोग र प्रयोग पो अझै गर्न सकिएन ।” युवाजोश देखाउँदै मज्जैले पो जङ्गिए टोलीनेता पनि । एक छिन थामिएपछि व्याख्या र भाष्यकोरूपमा अरु कुरा पनि थप्न बाँकी
राखेनन्-

“हो मैले भनेजस्तै त्यही जताततै छरपस्ट पाइने ग्यासलाई पाइपमा हुल्ने अनि मिटरको बाटो गरेर चुलोमा पुर्‍याउने । कसरी त भन्दा पाइपको एकापट्टि छेउमा सोली लगाउने । यदि तिमरूलाई डकार आएको खण्डमा त्यही पाइपको छेउको सोली मुखमा लगाएर ढ्याउ गर्ने वित्तिकै मिटर सुइँसुइँ । चुलो ह्वारह्वार्ती । भात तरकारी अचार तम्तयार । यदि तिमर्को पेटमा पनि हुँडलो मच्चाएर हुनहुनाउँदै हुन्डरी बनेर अपच वायु चलेको खण्डमा त्यही सोली गुदद्वारमा फिट गरेपछि त यता ढ्वाइँ ढ्वाइँ । उता चुलो दन्किएर बिछट्ट । यसको लागि विरेनून र भटमास, मास गहतजस्ता गेडागुडीका परिकारलाई नम्बर एक कच्चा पदार्थको रूपमा लिन सकिन्छ । लेकाली क्षेत्रमा पालिने घोडा खच्चडहरू पनि यसका लागि कच्चापदार्थका प्रमुख स्रोत र सहायक सिद्ध हुनेछन् । घोडा खच्चड भारी बोकेर उँभो लाग्दा खुड्किलैपिच्छे छोड्ने वायुलाई पनि यस्तै सोली थापेर पाइप मार्फत मिटरे चुलाहुँदी उपयोग गर्न सकिन्छ । यसको लागि भने चुलो पनि खच्चरलाई नै बोकाएर बाटो हिँड्नु बेश हुन्छ ।

मिटरे टोलीको कुरा सुनेर अभाव र दुष्प्रभाव पीडित नरनारी जिल्लाराम परे । पर्ने नै भए तर घर नबने पनि ग्यासचुलो र मिटर फिट हुने कुराले खुशियालीको साँधसीमा रहेन । हुन त चाँडै हुन्छ भनिएको थियो तर हुँदै नहुने त्यो मिटर फिट पो कहिले हुने हो ठेगान भएन ।

०००
भ्यागुताकाे श्वेतपत्र (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x